१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्यो

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतिताेला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतिताेला ९४ हजार ९०० रुपैयाँ छ।  

हिजाे आइतबार छापावाल सुनको मूल्य ९५ हजार ८०० र तेजाबी सुनको मूल्य ९५ हजार ३०० रुपैयाँ थियाे।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य प्रतिताेला १० रुपैयाँले घटेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। हजिो आइतबार चाँदीको मूल्य प्रतिताेला १२ सय ३० रुपैयाँ थियाे।

प्रकाशित: १६ श्रावण २०७९ ०५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App