१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

हुलास स्टिलद्वारा रक्तदान कार्यक्रम तथा आर्थिक सहयोग प्रदान

हुलास स्टिलले आज (शुक्रबार) रक्तदान कार्यक्रम आयोजना गरेको छ। कम्पनीले स्थापना दिवसको अवसरमा स्वर्गीय दिवाकर गोल्छाको स्मरणमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।

कम्पनीले काठमाडौँ उपत्यका र उपत्यका बाहिर गरी २ ठाउँमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। उपत्यकाभित्र कम्पनीकै कार्यालय, गणबहाल, काठमाडौँ गरिएको रक्तदानमा २५ जना रक्तदाताहरुले रक्तदान गरेका छन्। त्यस्तै, कम्पनीको सिमरा फ्याक्ट्रीमा गरिएको रक्तदानमा १७० जना भन्दा बढी रक्तदाताहरुले रक्तदान गरेका छन्। कम्पनीले रक्तदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ।  

यसका साथै, सोही अवसरमा दिवाकर गोल्छा फाउन्डेसनले भक्तपुर क्यान्सर अस्पताल र आरोहण गुरूकुललाई आर्थिक सहयोग समेत गरेको छ। फाउन्डेसनले भक्तपुर क्यान्सर अस्पताललाई सहयोग बापत ५ लाख ३ हजार ८ सय ४७ रूपैयाँ र आरोहण गुरूकुललाई ९६ हजार ७ सय ५ रूपैयाँ बराबरको रकम प्रदान गरेको हो।  

नेपालमा पहिलो पटक गुणस्तरिय जस्तापाताको प्रयोगद्वारा खरको छानाहरुमा हुने आगलागीको जोखिम र जीवन क्षतिबाट सुरक्षा गर्ने उद्देश्यले हुलास स्टिलको स्थापना भएको थियो।

प्रकाशित: १५ श्रावण २०७९ ०८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App