१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ग्रिल तथा स्टिल व्यवसायमा नेपाल आत्मनिर्भर

वर्षैपिच्छे परनिर्भता बढ्दै गएको बेला ग्रिल तथा स्टिल व्यवसायको क्षेत्रमा भने नेपाल आत्मनिर्भर रहेको छ। यसलाई अझ प्राथमिकता दिने हो भने विदेश निर्यात पनि सम्भव भएको व्यवसायीहरूले बताएका छन्।  

ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवालले ग्रिल तथा स्टिल क्षेत्रमा नेपाल झण्डै आत्मनिर्भर रहेको बताए। सरकारले केही जोड गरी सहयोग गर्ने हो भने विदेश निर्यातमा कुनै समस्या नभएको उनको भनाइ छ। ‘केही वर्षअघिसम्म नेपाल ग्रिल तथा स्टिलमा परिनिर्भर थियो। भारत तथा चीनबाट आयात गर्नुपर्ने अवस्था थियो, उनले भने– ‘तर अब हामी झण्डै आत्मनिर्भर छौं र केही बल गरे निर्यात पनि गर्न सक्छौं।’  

तथ्यांक अनुसार ग्रिल तथा स्टिल व्यवसाय क्षत्रमा देशभर ११ हजार भन्दा बढी उद्योगहरू रहेका छन्। ती उद्योगहरूले वार्षिक रूपमा तीन हजार युवायुवतीहरूलाई सीप सिकाएर एक लाख ६० हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिँदै आएको छ। वार्षिक रूपमा ६५ अर्ब बराबरको मेटल फेव्रिकेटिङ सम्बन्धी कामहरू भइरहेका छन्।  

यो उद्योगमा अझै पनि दक्ष जनशक्तिको अभाव छ, अध्यक्ष कटुवाल थप्छन्, हामीले यस क्षेत्रमा काम दिएर धेरै युवाहरूलाई विदेश जान नपर्ने बनाएर रोकेका छौं। दक्ष जनशक्तिको अभाव भएका कारण महासंघले विभिन्न प्रशिक्षणहरू दिँदै आएको पनि उनले जनाए। यस्तो सम्भावनायुक्त व्यवसाय भए पनि सरकारले आफ्ना समस्याहरूतिर ध्यान दिन नसकेको आरोप उनीहरूको छ। ग्रिल तथा स्टिल व्यवसायमा समस्याको पहाड रहेको हुँदा यसलाई सम्बोधन गर्न सरकार तयार हुनुपर्ने माग व्यवसायीहरूले गरेका छन्।  

महासंघका वरिष्ठ उपाध्यक्ष निरञ्जनकुमार श्रेष्ठले यो क्षेत्रको सम्वद्र्धन र प्रबद्र्धनको लागि राज्यले उचित संरक्षणतिर ध्यान नदिँदा व्यवसायीहरू निराश रहेको बताए। भूकम्पमा खुला आकाशमुनि बस्न बाध्य मानिसहरूलाई फलामको अस्थायी भुईंघर बनाएर दिने, बाढीपीडितहरूलाई राहत सामग्री उपलब्ध गराउनेलगायतका सामाजिक कार्य पनि आफूहरूले गर्दै आएको जानकारी गराए।  

पछिल्लो समय काठको विकल्पको रूपमा उपभोक्ताको रोजाइमा फलामको प्रयोग बढेको छ। यसले एकातिर वन विनाश रोकिएको छ भने अर्कोतिर वनक्षेत्रको वृद्धिसँगै वातावरण सन्तुलन राख्न, बाढीपहिरो भूक्षय न्यूनीकरण गर्न पनि मदत पुगेको सरोकारवालाहरूको भनाईछ।  

अव ग्रिल ग्राम तोक्नेतिर लागौं: सचिव पोखरेल  

भक्तपुर। उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले ग्रिल ग्राम तोक्नेतिर लाग्न व्यवसायीहरूलाई आह्वान गरेका छन्। ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालको २७ औं साधारणसभाको शनिबार भक्तपुरमा उद्घाटन गर्दै सचिव पोखरेलले ग्रिलको महत्व अत्यधिक रहेकाले ग्राम आवश्यक भएको औंल्याए। अब तपाईंहरूले हामी यहाँ बस्न मिल्छ कि मिल्दैन भनेर भन्ने भन्दा पनि यो हाम्रो ठाउँ हो, यहाँ हामी बस्छौं भनी अधिकार स्थापित गर्नुपर्‍यो, उनले भने– जुन ठाउँमा एक दुई सय स्टिल उद्योगहरू एकै ठाउँमा हुन्। 

प्रकाशित: १५ श्रावण २०७९ ०२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App