१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

विराटनगरबाट काठमाडौँका लागि उडान भर्न लाग्दा रोकियो यतिको जहाज

विराटनगरबाट काठमाडौँका लागि उडान भर्न लागेको यति एयरलाइन्सको जहाजमा खराबी आएपछि विमानस्थलमा रोकिएको छ। शुक्रबार बिहान साढे ७ बजे यात्रु लिएर काठमाडौँ उडान भर्न लागेको जहाजमा समस्या आएपछि उडान रोकेको यति एयरलाइन्सको विराटनगर कार्यालयले जनाएको छ।

बिहीबार राति काठमाडौँदेखि यात्रु लिएर आएको जाहज बिहान पहिलो उडान भर्न लाग्दा खराबी आएपछि उडान नभरी विमानस्थलमै रोकिएको छ। विराटनगरबाट ६० जना यात्रुसहित उड्ने तयारीमा रहेको वाइटी ७८६ उडान नम्बर र एमएम कल साइनको जहाजमा समस्या आएको हो।

यति एयरलाइन्स विराटनगरका स्टेशन म्यानेजर प्रेम कुँवरका अनुसार यात्रु लिएर बिहीबार साँझ काठमाडौँबाट आएको जहाज विराटनगर विमानस्थलमै ‘नाइट स्टप’ गरेका थियो। ‘स्टार्ट’को तयारी हुँदै गर्दा जहाजको इन्डिकेटरमा खराबी देखिएको उनले बताए।

‘यात्रु सिटमा बसिसकेपछि जहाज ‘स्टार्ट’को तयारी हुँदै गर्दा खबारी देखियो,’ कुँवरले भने, ‘जहाजबाट सबै यात्रुलाई ओरालिएको छ। समस्याको पहिचानका लागि काठमाडौंबाट प्राविधिक झिकाइसकिएको छौं। जहाजमा कहिले काहीँ आउने यस्तो समस्या सामान्य कुरा हो।’

काठमाडौँबाट प्राविधिक आएर परीक्षण गरी समस्याको समाधान गरिसकेपछि मात्रै उडान नियमित हुन्छ। जहाजमा समस्या आएका कारण यात्रुहरुलाई अर्को जहाजको व्यवस्था मिलाइएको बताउँदै कुँवरेले भने, ‘टेक्निकली समस्याले गर्दा यात्रुलाई समस्या भयो। हामीले अर्को जहाज मगाइसकेको र आउनसाथ उहाँहरुलाई काठमाडौंका लागि उडान भर्ने छौँ।’

प्रकाशित: १३ श्रावण २०७९ ०४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App