१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सानिमा बैंक र प्रहरी अस्पतालबीच सम्झौता

सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

नेपाल प्रहरी अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह र बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। उक्त सम्झौता अन्तर्गत बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि वार्षिक ४ लाख ८० हजार सहयोग उपलब्ध गराउने जनाएको छ।

बैंकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक एक रूपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ। उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले बैंकले अस्पतालसँग सम्झौता गरेको जनाएको छ।  

प्रकाशित: ११ श्रावण २०७९ ०१:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App