७ वैशाख २०८१ शुक्रबार
अर्थ

पहिलेका जनप्रतिनिधीले वाचा गरे हिँडेः न साइकल ‘लेन’ बन्यो न त ‘पार्किङस्थल’

३० वर्षीय शिशिर महर्जन काठमाडौंको न्यूरोडका स्थानीयबासी हुन्। उनी कक्षा ८ देखिनै काठमाडौंका सडक तथा गल्लीहरुमा साईकल चलाउदैं हुर्किएका हुन्। पेसाले फोटोग्राफर शिशिर साईकलबाटै आफ्नो गन्तव्यमा छिटो पुग्ने बताउँछन्।  

तर, भक्तपुरस्थित ससुराली जान उनलाई निकै कठिन छ। न्यूरोडबाट भक्तपुर पुग्न न त कुनै साइकल लेन छ। न कतै पार्किङ्ग। एक पटक दुर्घटनाको जोखिम मोल्दै जसो तसो साइकलमा भक्तपुर पुगेका महर्जनको साइकलनै चोरी भयो।  

२ वर्षदेखि काठमाडौंको गोगंबुमा बस्दै आएका बाँकेका उपेन्द्र थारु सेक्यिूरिट कम्पनीमा काम गर्छन्। उनको कार्यालय अनामनगरमा छ। दैनिक गोगंबुदेखि अनामनगरसम्म साईकल गुडाउँछन्। ‘ठूला गाडिले पेल्छन्। कतै पार्किङ्ग गर्नुपरे चोरी हुने डर लाग्छ’, उनले भने, ‘साईकल लेनको त आस नगरौं, राम्रो सडक र सुरक्षित साईकल राख्ने ठाँउ बनाईदिए पनि हुन्थ्यो। ’

शिशिर र उपेन्द्र त केही प्रतिनिधि पात्र मात्र हुन्। साइकल लेन र साइकल सिटी त जनता झुक्याउने शब्द भएका छन्। त्यसैले साईकल चालाउनेहरुका समस्याहरु पहिला जे थिए, अहिले पनि त्यही छन्। कसैले रहरले साईकल चलाउँछन् त कतिले बाध्यताले। तर जुन कारणले चलाएपनि काठमाडौंमा साईकल चलाउन सक्ने सडक पूर्वाधार छैन, नीति नियम छैन र साईकल पार्किङ् पनि छैन।  

खोई साईकल लेन?

काठमाडौं महानगरपालिकाले ७ वर्षअघि काटेश्वर–माइतीघर खण्ड फराकिलो पर्दा साइकल लेन छुट्याइएको थियो। तर संकेत चिह्न नराखी टायल बिछ्याएर साइकल लेनलाई समेत फुटपाथ जस्तै बनाइएको थियो। ती स्थानमा २०७६ सालमा महानगरका पूर्व मेयर विद्या सुन्दर शाक्यको नेतृत्वले साईकल लेनको संकेत चिह्न बनाएको थियो। तर, ती साईकल लेनहरुको अवस्था अहिले जिर्ण छ भने लेनहरुमा साइकल गुडेको पटक्कै देखिँदैन।  

यस्तै ललितपुर महानगरपालिकाले पनि पुल्चोकदेखि लगनखेल हुदैं जाउलाखेल, झम्सीखेल, महालक्ष्मीस्थान, पाटन कृष्णमन्दिर र कुपण्डोलसम्मको विभिन्न सडक किनारामा साइकल लेन बनाएको थियो। तर अहिले ती साईकलेन ठूला सवारी साधन पार्किङ्ग गर्ने स्थान भएका छन्। अधिकांश लेनमा सडक किनारका व्यवसायीहरुले कब्जा गरेर आफूले प्रयोग गरेका छन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा लेन बनाउने बाचा गरेका जनप्रतिनिधिहरु पाँच वर्षे कार्यकाल सकेर विदाइ भईसके। लेन बनाउने र साइकल गुडाउने सपना भने ज्यूँ का त्यूँ छ। काठमाडौं महानगरले नेतृत्वमा बालेन्द्र शाह आएका छन्। उनले अध्ययन बिना साइकल लेन बनाउन नसकिने स्पष्ट पारेका छन्।    

२०७४ सालको स्थानीय तह निर्वाचनमा लेन बनाउने बाचा गरेका जनप्रतिनिधिहरु पाँच वर्षे कार्यकाल सकेर विदाइ भईसके। लेन बनाउने र साइकल गुडाउने सपना भने ज्यूँ का त्यूँ छ। काठमाडौं महानगरले नेतृत्वमा बालेन्द्र शाह आएका छन्। उनले अध्ययन बिना साइकल लेन बनाउन नसकिने स्पष्ट पारेका छन्।    

‘जुन बाटोमा साइकल गुड्छ, त्यही बाटोमा गाडी हिड्छ। मानिस दुर्घटनामा पर्ने सम्भावना हुन्छ। अन्य मुलुकमा साइकल लेन छुट्टै हुन्छ, फुटपाथ जस्तै बार लगाएको हुन्छ,अनि सुरक्षित महसुस हुन्छ, तर यहाँ गाडीहरुको  स्पिड बढी हुने भएकाले दुर्घटनाको सम्भावना बढी हुन्छ। सुरक्षा पहिलो मुद्दा हुनुपर्छ।,’ गत जेठ २१ गते साईकल दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो भनेका थिए।  

अपहेलित साईकल यात्री

विश्वका ठूला शहरमा स्वस्थ शरीर र जीवनयापनका लागि राज्यले नै साइकल चलाउन प्रोत्साहित गर्छ। साइकल चलाउँदा शारीरिक तन्दुरुस्ती मात्र होइन, प्रदूषण र ट्राफिक जाम नियन्त्रण गर्न सहयोग पुग्छ। विकसित मुलुकका शहरहरूमा साइक्लिङका लागि सडकमा छुट्टै लेनको व्यवस्था गरिएको हुन्छ। नेपालमा साइकललाई गरिबको साधन मानिन्छ। गरिबको साधन जहाँ पनि अपहेलित नै हुन्छ।  

निम्नवर्गले चढ्ने साइकलको परिचय पछिल्लो समय स्वास्थ्य सचेतना र साइकलमैत्री सडक संरचना निर्माण हुने आशा गरिए पनि यस प्रकारको अव्यवस्थाले साइकल यात्रीहरुलाई निरुत्साहीत बनाएको छ। साइकल सवारी तर्फ उच्च वर्गको रुचि बदलिदै गएपनि यस प्रकारको अवरोधले पुनःधुवाँ फाल्ने सवारी साधनमा फर्काउन बाध्य बनाउँदै जाने वातावरण अभियन्ता सौरभ ढकाल बताँछन्।

लेन नै छैन, पार्किङ्ग हुने कुरै भएन

सहरका सडकमा समस्या छ तर त्यसलाई पन्छाउँदै साइकललाई नै निजी सवारी बनाउनेको संख्या दिनानुदिन बढ्दो छ। कारोना संक्रमणकालदेखि रुस र युक्रेनको युद्धका कारण तेलको मूल्य लगातार वृद्धि भएसँगै साईकल चलाउनेको संख्या स्वभाविक बढेको छ। तर यस्ता घटना परिघटनाले मात्र नभई वास्तविक कारणले साईकल चाउन प्रोत्साहन गर्नुपर्ने वातावरण अभियन्ता ढकालको सुझाव छ।  

‘साईकलप्रतिको आकर्षण बढाउन, साईक लेन निमार्ण गर्नुपर्छ। नीजि तथा सार्वजनिक कार्यालयले साईकल पार्किङ्कको व्यवस्था गर्नुपर्छ’,उनले भने, ‘हामी साईकल लिएर कतै गयौं भने, साईकलन यहाँ नराख्नुस्, त्यहाँ नराख्नुस् भन्छन्, त्यसो भन्नु भनेको साईकल यात्रीलाई दुरुस्साहन गर्नु हो।’

यस्तै वातावरणविद् भुषण तुलाधरले साईकल पार्किङको होईन साईकलमा यात्रा गर्ने मानिसहरुलाई हेर्ने दृष्टिकोण राम्रो नभएकाले समस्या आएको बताँछन्।  

‘एउटा गाडी पार्क गर्ने ठाँउमा पाँचदेखि दशवटा साईकल पर्किङ्ग गर्न सकिन्छ। पाकिङ्गका लागि ठाँउ नभएको होईन, मानिसहरुको दिमागमा साईकलका लागि ठाँउ नभएको हो। साईकल र साईकल यात्रीलाई ईज्जत गर्ने संस्कृति बन्यो भने, स्वतः साईकल पार्किङ्ग गर्ने ठाँउ बन्छ,’ उनले भने।  

अहिले सहरका विभिन्न भागमा ठूला सवारी सधानका लागि आवश्यकता अनुसार बिभिन्न स्थानमा पार्किङ्ग क्षेत्र छुट्याइएको छ। संगै ठुला व्यवसायीक मल, सपिङ्ग कम्प्लेक्स, सार्वजनिक तथा नीजि भवनहरुमा समेत यस्ता सवारी साधनका लागि पार्किङ्ग क्षेत्र छुट्याइएको पाईन्छ। तर साईकलका सन्दर्भमा भने, गुडाउन जोखिम छ नै त्यो भन्दाबढि समस्या र टाउको दुखाईको बिषय पार्किङ्ग नै बन्ने गरेको छ।

अहिले सहरका विभिन्न भागमा ठूला सवारी सधानका लागि आवश्यकता अनुसार बिभिन्न स्थानमा पार्किङ्ग क्षेत्र छुट्याइएको छ। संगै ठुला व्यवसायीक मल, सपिङ्ग कम्प्लेक्स, सार्वजनिक तथा नीजि भवनहरुमा समेत यस्ता सवारी साधनका लागि पार्किङ्ग क्षेत्र छुट्याइएको पाईन्छ। तर साईकलका सन्दर्भमा भने, गुडाउन जोखिम छ नै त्यो भन्दाबढि समस्या र टाउको दुखाईको बिषय पार्किङ्ग नै बन्ने गरेको छ।

यसकारण काठमाडौं बन्न सक्छ ‘साईकल सिटी’

काठमाडौंलाई साइकल सिटीका रुपमा विकास गर्ने धेरै आधारहरु रहेको वातावरणविद् भुषण तुलाधर बताउँछन्।  

उनका अनुसार वातावरण प्रदुषण कम गर्न साईकल उपयुक्त हुन्छ। काठमाडौंमा ठूलाका तुलनामा साना तथा साघुँरा सडक धेरै छन्। ठूला सवारीका लागि भन्दा साईकलको लागि उपयुक्त हुन्छ। काठमाडौं यात्राको औसत दुरी ५ किलोमिटर मात्र छ, जुन साईकलको लागि उपयुक्त हुन्छ। काठमाडौंमा युवाहरुको जनसंख्या धेरै भएकाले उनीहरुका लागि  छोटो समयमा आफ्नो गन्तव्यसम्म पुग्न साईकल उपयुक्त छ। 

काठमाडौंको भुगोलमा उकालो ओरालो कम भएकाले साईकल प्रयोग गर्न सहज हुन्छ। काठमाडौंको मौसम धेरै गर्मी वा धेरै जाडो हुने खालको छैन, जसले गर्दा साईकल यात्रालाई झनै सहज बनाउँछ। सार्वजनिक यातायातको अवस्था अस्तव्यस्त भएकाले साईकलको प्रयोग गरेमा सहज हुन्छ। सवारी साधनहरुको गति कम हुने भएकाले साईकल चलाउन त्यति गाह्राे नहुने देखिन्छ। यहाँ बसोवास गर्ने धेरै मानिसहरुको आफ्नै साधन नभएकाले पैदल यात्रा गर्ने, साईकल चढ्ने वा सार्वजनिक यातायातको भर पर्नुपर्छ। नेपाल सडक मापदण्डले एउटा सडकको लेनलाई ३.५ मिटर मापदण्ड तोकेको छ, जुन सडक लेनको लागि बढि हुन्छ, तयसलाई अलि साघुँरो बनाएर साईकल लेन बनाउन सकिन्छ।

काठमाडौंका सबै ठाँउमा साईकल लेन बनेको छैन। केही सिमित स्थानमा मात्र साईकल लेन छन्। पछिल्लो समय साईकल लेन बनाउन पर्छ भन्ने विषयमा चेतना देशभर बढेको छ। हेटौंडा, पोखरा, दाङको तुलसिपुर लगायतका केही सहरका सडकहरुमा पनि साईकल लेन छन्। 

काठमाडौंका सबै ठाँउमा साईकल लेन बनेको छैन। केही सिमित स्थानमा मात्र साईकल लेन छन्। पछिल्लो समय साईकल लेन बनाउन पर्छ भन्ने विषयमा चेतना देशभर बढेको छ। हेटौंडा, पोखरा, दाङको तुलसिपुर लगायतका केही सहरका सडकहरुमा पनि साईकल लेन छन्।

तर साईकल लेन बनेपनि साईकल यात्रुको सुरक्षा, साईकल लेनले अन्य सवारी साधनहरुलाई कस्तो प्रवाभ पारेको छ, यात्रुको चाप लगायतका  विषयमा भने हालसम्म कुनै किसिमको अध्ययन नभएको वातावरणविद् भुषण तुलाधर बताँउछन्।

काठमाडौंका १८ वटै नगरपालिकाले संयुक्त रुपमा यहाँको यातायात प्रणालिको विषयमा अध्ययन गरेर योजना बनाउन उनी सुझाव दिन्छन्।  

‘यातायात प्रणाली भनेको सडक मात्र होईन, यहाँ चल्ने सवारी साधन, मानिसहरु कसरी एक ठाँउबाट अर्को ठाँउमा जान्छन्, यी सबैको अध्ययन भएपछि साईकल लेन कहाँ बनाउने, पार्किङ्ग कहाँ गर्ने भन्ने लगायतका योजना बनाउन र कार्यान्वयन गर्नुपर्ने हुन्छ।,’ उनी  भन्छन्, ‘साईकललाई सुरक्षित यातायातको माध्यम बनाउन सकियो भने काठमाडौंलाई साईकल सिटी बनाउन सकिन्छ।’

प्रकाशित: १९ असार २०७९ १३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App