१६ चैत्र २०८० शुक्रबार
अर्थ

नेप्से परिसूचक ४१.३९ अंकले वृद्धि

शेयर बजार मापक नेप्से परिसूचक बुधवार वृद्धि भएको छ। साताको पहिलो कारोबारको दिन आईतवार उच्च अंकले बढेपनि सोमबार र मंगलबार गिरावट भएको नेप्से परिसूचक बुधबार वृद्धि भएर कारोबार बन्द भएको हो। 

बुधबार नेप्से परिसूचक ४१.३९ अंक बढेर १९६२.७१ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६७ अंकले बढेको छ।

बुधबार कारोबारमा आएका २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता शेयर १ अर्ब ४३ लाख १४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से परिसूचकमा वृद्धि भएसँगै मंगलबारको तुलनामा कारोबार रकममा पनि केही सुधार भएको छ। अघिल्लो कारोबार दिन १ अर्ब बराबरको शेयर कारोबार भएको थियो।  

बुधबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी ६.५६ प्रतिशतले बढेको छ। त्यस्तै,विकास बैंक र वित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।

बुधबार नेप्से परिसूचकमा वृद्धि भएसँगै दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, वरुण हाइड्रोपावरको शेयरमूल्य ९.४५ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा ५ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर ङादी गु्रप पावरको शीर्ष स्थानमा रहेको छ। एशियन लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रकाशित: १५ असार २०७९ १२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App