२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

होण्डा मनसुन एक्सचेञ्ज उपहार योजना

होण्डा टु ह्वीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा मनसुन एक्सचेञ्ज’ नामक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ।

प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेञ्ज गर्दा ७ हजार रूपैयाँसम्मको एक्सचेञ्ज बोनस तथा ४ हजार रूपैयाँसम्मको क्यास ब्याक हात पार्न सकिने छ भने फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ।

यो योजना २०७९ असार ५ गतेदेखि असार १० गतेसम्म लागू हुनेछ। यस योजना अन्तर्गत उपत्यका भित्रका ग्राहकहरूले मात्रै सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ। होण्डाको मोटरसाइकल तथा स्कुटरमा आएको यस उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ। 

प्रकाशित: ८ असार २०७९ ०४:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App