१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

अनरको तीन नयाँ स्मार्टफोन बजारमा

नेपाली बजारमा अनर ब्राण्डको तीन फरक मोडलमा स्मार्टफोन सार्वजनिक हुने भएको छ। नेपालका लागि अनरको आधिकारिक बिक्रेता सेल्ट्रन नेपालले अनर एक्स ७/एक्स ८/एक्स ९ बजारमा ल्याउन लागेको बताएको हो।

अनरको सबै नयाँ स्मार्टफोनहरू पातलो र स्टाइलिश,अल्ट्रा स्लिम र हल्का वजन, ब्याट्रीको गुणस्तर राम्रो तथा उत्कृष्ट डिजाइनमा रहेको कम्पनीले जनाएको छ।

साथै फुलभ्यू डिस्प्ले तथा आँखा सुरक्षा सुविधाहरू रहेकाले लामो समयसम्म प्रयोग वा मधुरो प्रकाश भएको वातावरणमा पनि आरामदायीपूर्वक हेर्न र पढ्न सकिने जनाएको छ।

स्मार्टफोन उत्कृष्ट भ्लगिङ, प्रिमियम फोटोग्राफी र परिष्कृत भिडियोग्राफीका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ। जुनको तेस्रो सातादेखि तीनै मोडलमा स्मार्टफोनहरू नेपालभर अनलाइन र अफलाईन माध्यम मार्फत सुलभ मूल्यमा उपलब्ध हुने कम्पनीले बताएको छ।

प्रकाशित: ६ असार २०७९ ०१:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App