१ चैत्र २०८१ शुक्रबार
image/svg+xml १०:५२ पूर्वाह्न
अर्थ

राजनीतिक गफका लागि मात्रै बजेट छुट्याएको जस्तो नगरौं: मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शहरी विकास सम्बन्धी करिव साढे ५ सय योजना ५० लाखको मात्र बनाएको भन्दै अर्थमन्त्री जनार्दन शर्माप्रति आक्रोश व्यक्त गरेकी छन्। 

उनले राजनीतिक गफ गर्नका लागिमात्रै योजना बनाएको र बजेट छुट्याएको जस्तो नगर्न पनि आग्रह गरिन्। मन्त्री झाँक्रीले देशको योजना व्यवस्थित नभएको, एउटा मन्त्रालयले दिएको नीति, कार्यक्रम अर्को मन्त्रालयले गोप्य राख्ने र बाहिर निकाल्दा छरपस्ट बनाएको आरोप लगाइन्। उनले बजेटका कारण करिव एक हप्ताको समय आफैँ सामान्य रुपमा आउन नसकेको बताइन्। मन्त्री झाँक्रीले शर्त गरेपछि कार्यान्वयन गर्नुपर्ने तरिकाले काम अघि बढाउनुपर्ने बताइन्।

उनले भनिन्, ‘करिव करिव साढे ५ सय योजना ५० लाखको बनाएर शहरी विकासमा हालेपछि हुन्छ चाहीँ के? पोल्टिसिएनलाई मात्रै गफ गर्ने। हामी मात्रै गफ गर्ने हो। यो खालको विकराल अवस्था छ। व्यक्ति हस्तान्तरणको गफ गर्छौं। संघले छानेका आयोजना तल कार्यान्वयन गर भनेर दिनु कुन संघीयताको पक्षधरता हो ? हाम्रो प्लानिङ व्यवस्थित भएन। एउटा मन्त्रालयले नीति कार्यक्रम बनाएर दियो, अर्को मन्त्रालयले लगेपछि यस्तो गोप्य राख्यो कि, बाहिर निस्किने बेलामा छरपस्ट, थामिनसक्नु, ६÷७ दिन हामी आफैँ नै नर्मल कण्डिसनमा आउनुपर्ने भयो। त्यसैले यो अवस्थामा हामीले छलफल गरौँ। वन मन्त्रालयले एआईए स्वीकृत गर्ने बेलामा सिसडोलमा यो यो काम गर भनेर शर्त राखेको रहेछ, ती शर्तहरुमात्रै पालना गरेको भएपनि आज फोहोरमैलाको यो अवस्था हुने थिएन। हामी शर्त राख्ने र कसैले कार्यान्वयन नगर्ने, यो हुँदै भएन र हामीले गरेको गफ पनि आदि मान्छे मरेपछि ब्युँतिने स्थिति आउँछ। जुनै सिजनमा पनि विपद् हुन्छ भन्ने कुरा ध्यानमा राखेर तयारी थालौँ। हामी एकैचोटी होइन, प्लानिङमा काम गरौँ।’

मन्त्री झाँक्रीले सबै विपद्का कार्यक्रम र योजना एकैपटक नभइ दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने हिसावले अघि बढ्नुपर्ने बताइन्। 

प्रकाशित: ३० जेष्ठ २०७९ ०९:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App