१२ माघ २०८२ सोमबार
image/svg+xml
अर्थ

आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयक सम्मेलन सुरू

ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोश्रो राष्ट्रिय सम्मेलन आइतबारदेखि सुरु भएको छ।  

सम्मेलनमा विभिन्न विशिष्ट व्यक्तित्वहरुले कि नोट दिएका छन्। पहिलो दिन प्राडा पुष्कर बज्राचार्य, प्राडा ध्रुबकुमार गौतम, डा रामकुमार फुयाँललगायतले कि नोट दिएका छन्। सोमबार प्राडा आरन स्थापित, डा जितेन्द्र डंगोल र नरबहादुर थापालगायतले कि नोट दिने कार्यक्रम छ। साथै ४० भन्दा वढीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।  

आयोजक कलेजका प्राचार्य रुपक जोशीले अनुसन्धानलाई कलेजले जोड दिँदै आएको बताए। यही अनुसार प्रत्येक वर्ष सम्मेलन गर्दै जाने योजना रहेको उनले सुनाए। विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सम्मेलन भएको हो।  

यसअघि २०७६ सालमा कलेजले पहिलो सम्मेलन गरेको थियो। बीचमा कोभिड आएकोले एक वर्ष कार्यक्रम गर्न नसकेको कलेजले जनायो। सम्मेलनको पहिलो दिन दुई वटा टेक्निकल सेसन भए। दोश्रो दिन चार वटा टेक्निकल सेसन हुने जनाइयो।  

सम्मेलनको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गरेका थिए। सम्मेलन उदघाटन समारोहमा भक्तपुर नगरपालिकाका मेयर एवं कजेज व्यवस्थाप समितिका अध्यक्ष सुनिल प्रजापति, उपमेयर एवं कलेज व्यवस्थापन समितिका उपाध्यक्ष रजनी जोशी, प्रदेश सांसद सुरेन्द्रराज गोसाई, राष्टिय योजना आयोगका सदस्य डा रामकमार फुँंयाल, त्रिभुवन विश्वविद्यालय योजना महाशाखाका निर्देशक प्राडा ध्रुबकुमार गौतम, ख्वप इन्जिनियरिंग कलेजका प्राचार्य सुजन माक, आयोजक ख्वप कलेजका प्राचार्य रुपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठलगायतले व्यवस्थापनको महत्वबारे चर्चा गरे। सम्मेलन सोमबारसम्म चल्नेछ।

प्रकाशित: २९ जेष्ठ २०७९ १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App