२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कर्पोरेट

सानिमा बैंकका नवनियुक्त सिइओ पवनकुमार आचार्यद्वारा पदभार ग्रहण

सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ)  पवनकुमार आचार्यले पदभार ग्रहण गरेका छन्। उनले आज औपचारिक रूपमा पदभार सम्हालेका छन्।  

सानिमा बैंकको सञ्चालक समितिको ०८२ कात्तिक २४ गते बसेको बैठकको निर्णयअनुसार आचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो। बैंकमा २१ वर्षदेखि निरन्तर योगदान दिँदै आएका आचार्य यसअघि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए।  

शैक्षिक पृष्ठभूमिका हिसाबले आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर उपाधि तथा भारतको एनआइआइटी, बेंग्लोरबाट इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन्। उनले एसएलसी परीक्षा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणीमा उत्तीर्ण गरेका थिए।  

सानिमा बैंकमा लामो सेवाकालका क्रममा उनले दशभन्दा बढी विभाग तथा शाखाको नेतृत्व गरिसकेका छन्। उनको प्रमुख कार्यक्षेत्रमा कर्जा मूल्यांकन, डिजिटलाइजेसन र परियोजना वित्त रहेका छन्। साथै, उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा अध्यक्षका रूपमा समेत कार्यरत रहेका थिए।  

बैंकिङ क्षेत्रबाहेक आचार्यसँग इन्जिनियरका रूपमा चार वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ भने पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीका रूपमा समेत सेवा प्रदान गरेका छन्।

प्रकाशित: १२ माघ २०८२ २०:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App