सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला एक हजार ५ सय रूपैयाँले बढेर ९९ हजार २ सय रूपैयाँ पुगेको छ।
पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रूपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार २ सय रूपैयाँ थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रूपैयाँले बढेर एक हजार २८० रूपैयाँ पुगेको महासंघले जनाएको छ।
प्रकाशित: २९ जेष्ठ २०७९ ०९:३५ आइतबार





