२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

लगानीलाई व्यापक पार्नुपर्नेमा जोड

स्काई ग्रुपका अध्यक्ष कृष्णप्रसाद अवालले छरिएर रहेको पूँजीलाई एकत्रित गरेर लगानीलाई व्यापक पार्नुपर्नेमा जोड दिएका छन्। स्काई ग्रुपको राजधानीमा भएको भेलाले यही उद्देश्यका साथ देशभरि छरिएर रहेका व्यापारीहरुको भेलाले ग्रुप बनाएको उनले बताए।

कम्पनीका प्रमुख सल्लाहकार युवक राजभण्डारीले देशभरका उद्यमी व्यवसायीहरुलाई एकै समूहमा समाहित गर्दै अघि बढ्ने उद्देश्य लिएको बताए। उनले कम्पनीमा धेरै क्षेत्रका अनुभवी व्यक्तिहरुको संलग्नताले कम्पनी मजबूत भएको बताए। कम्पनीका सञ्चालक शिवप्रसाद मानन्धरले हार्डवेयर व्यवसायलाई प्राथमिकतामा राखेर शुरु गर्न लागिएको कम्पनीले भविष्यमा हाउजिङ्ग, रियल इस्टेट, अटोमोबाइल, र अन्य सम्भावित उद्योगहरुमा लगानी गर्ने लक्ष लिएको बताए।  

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंंघका अध्यक्ष रबि सिंह, बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, सल्लाहकार बिकास बज्राचार्य, सल्लाहकार अजय पाण्डे, सञ्चालक अनिल साह, प्रमुख कार्यकारी अधिकृत उमेश बरालले पनि समूहको आवश्यकतमाथि चर्चा गरे। साथै कार्यक्रमका प्रायोजकहरु अम्बे स्टिल्स् र पाल्पा सिमेन्टको प्रस्तुतीकरण पनि गरिएको थियो।

भक्तपुरका प्रतिष्ठित व्यापारीहरुको सामूहिक प्रयासमा शुरु भएको स्काई ग्रुपले देशका विभिन्न व्यापारिक केन्द्रहरुका स्थापित व्यवसायीहरुलाई समाबेश गरी ग्रुप बनाएको हो। ग्रुपमा देशका विभिन्न जिल्लाहरु जस्तै काठमाडौ, ललितपुर, भक्तपुर, नुवाकोट, काभ्रे, भरतपुरलगायत अन्य विभिन्न स्थानका करिब एक सय व्यवसायीहरु कम्पनीमा सहभागिता रहेको जनाइएको छ।

प्रकाशित: २८ जेष्ठ २०७९ ०९:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App