१५ माघ २०८२ बिहीबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक १४.६४ अंकले गिरावट

साताको अन्तिम कारोबार दिन नेप्से सूचकमा गिरावट आएको छ। शुक्रबार नेप्से परिसूचक १४.६४ प्रतिशतले घटेर २०४८.१६ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ इण्डेक्स १.२२ अंकले घटेको छ।

शुक्रवार कारोबारमा आएका २२९ कम्पनीका ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच भएर ८९ करोड ४१ लख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ। बिहीवारको तुलनामा शुक्रवार कारोबार रकम पनि गिरावट आएको छ। बिहीवार १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। शुक्रवार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। त्यसमध्ये सबै भन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूहको सूचक २.०२ प्रतिशतले घटेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि सबै भन्दा कम ०.३० प्रतिशतले घटेको छ।

नेप्से सूचक दोहोरो अंकले घटेपनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ग्रीन भेन्चर्स लिमिटेड, उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यता सामुदायिक लघुवित्त र युनिलिभर नेपालको शेयरमूल्य ५ प्रतिशतले गिरावट आएको छ।

कारोबार रकमको आधारमा ५ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। नेपाल इन्भेष्टमेण्ट बैंकको पनि ४ करोड २४ लाख रपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रकाशित: २७ जेष्ठ २०७९ १२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App