१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विद्युतीय सवारी विस्तारका बारेमा चिन्ता

नेपालका लागि बिल्ड योर ड्रीम (बिवाइडी) अटो उद्योग कम्पनी लिमिटेडका आधिकारिक वितरक साइमेक्स् इन्क प्रालिले हालसालै परिमार्जन भएको कर सम्बन्धमा चासो देखाएको छ। समग्रमा नेपाली अटोमोबाइल उद्योगमा विद्युतीय सवारी साधनको कुल बजार हिस्सा ५ प्रतिशत रहेको छ।

नेपालमा बिक्री हुने विद्युतीय साधनको मूल्यमा भारी वृद्धि हुने गरी भएको कर संशोधनले व्यवसाय मारका परेको कम्पनीले बताए। परिमार्जित करको घोषणा भएसँगै सरकारले आफ्नो प्रमुख नीतिलाई बिर्सेको र यो निर्णय लगानीकर्ताका लागि मात्रै नभई आम जनताका लागि पनि त्रासमय भएको कम्पनीले जनाएको छ।

कम्पनीले विद्युतीय सवारी साधनहरूमा प्रयोग हुने प्रविधिको लागत उच्च रहेको जनाउँदै लागत सन्तुलनका लागि अटोमेकरहरूले उच्च मोटरको क्षमता प्रयोग गरी प्रिमियम मूल्य थप्ने गरेको बताए। त्यसैले अटोमेकरहरूले न्यून क्षमताको मोटरको सट्टामा स्ट्याण्डर्ड वा उच्च क्षमताको मोटर छनौट गर्ने गरेका बताउँदै विद्युतीय सवारी साधनमा हुने स्तरीय गुणस्तरलार्ई ध्यानमा राखी मोटर क्षमतालाई विलासितासँग जोड्नु वैज्ञानिक रूपमा गलत भएको कम्पनीको ठम्याई छ।  

विद्युतीय सामान वाहकको सन्दर्भमा प्रस्तावित कर अवैज्ञानिक र तर्क रहित रहेको पुष्टि २० प्रतिशतका दरले बृद्धिभएको भन्सार कर र ५ प्रतिशतका दरले बृद्धि भएको अन्तःशुल्कले गरेको कम्पनीले उल्लेख गरेको छ। राष्ट्रमा विद्युतीय गतिशीलतालाई प्रवर्द्धन गर्न विद्युतीय सवारीको व्यावसायिक प्रयोग अत्यावश्यक भएको यथार्थ बिर्सनु नै यस संशोधित नीतिको कमजोरी रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: २६ जेष्ठ २०७९ ०६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App