४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: बुटवल आर्थिक र कपिलवस्तु सांस्कृतिक राजधानी बनाइने

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुटवललाई आर्थिक र कपिलवस्तुलाई सांस्कृतिक राजधानी बनाउने योजनासहित निति तथा कार्यक्रम सार्वजनिक गरेको हो। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बुधबार प्रदेशसभामा २०७९/०८० को निति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।  

राष्ट्रकै गौरवको रुपमा प्रदेशको पहिचान झल्कने गरी गुरुयोजना बनाएर दाङमा स्थाइ राजधानीकालागि जग्गा व्यवस्थापन,ल्याण्ड पुलिङ र अन्य संरचना निर्माण गरीने नीति कार्यक्रममा उल्लेख छ। बुटवललाई आर्थिक र कपिलबस्तुलाइ सांस्कृतिक राजधानीको रुपमा विकास गर्ने भनिएको छ।  

अधिकांश पूराना योजनालाई निरन्तरता दिइएको नीति तथा कार्यक्रममा केही साना योजनाहरुलाई अघि सारीएको छ। समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश भन्ने संकल्पसहित सार्वजनिक गरिएको निति तथा कार्यक्रम कृषि, पर्यटन, शिक्षा, रोजगारीलाई प्राथमिकतामा राखिएको छ।  

प्रदेश प्रमुख शेरचनले प्रदेशको गौरवको आयोजनाकारुपमा प्रादेशिक राजधानी व्यवस्थापन, लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय, रामपुर कपुरकोट जीवराज आश्रित कृष्णसेन इच्छुकमार्गका रुपमाअघि बढाउने उल्लेख गरेका छन।  

लगानीमैत्री वातावरण निर्माण,उत्पादन र उत्पादकत्व बृद्धि पुर्वाधार निर्माण,खानेपानी र विद्युतमा पहुुच,रोजगारी सिर्जना, गरिबी न्यूनिकरण र सुशासनलाई प्रवद्र्धन गर्ने प्राथमिकतामा राखिएको छ।  

प्रदेश प्रमुख शेरचनले गौतमबुद्ध विमानस्थलमा प्रदेशका पहिचान झल्किने खालका स्थानीय उत्पादन विक्रिका लागि नीजि क्षेत्रलाई कोशेली घर सञ्चालन गर्न दिने, प्रदेशका प्रमुख शहरहरु जोड्ने रुटहरुमा विद्युतीय बस सञ्चालन गर्न यातायात कम्पनी स्थापना गर्ने योजना अघि सारेको छ  

नौमुरी बहुउदेश्यीय जलाशययुक्त परियोजनालाई संघीय सरकारसँग समन्वय गरेर प्रदेशको महत्वपूर्ण योजनाकारुपमा अघि बडाउने निति तथा कार्यक्रममा उल्लेख छ। प्राविधिक जनशक्ति उत्पादन र विकास गर्न लुम्बिनी प्राविधिक विश्व विद्यालय स्थापना गर्ने योजना अघि सारेको छ।

प्रदेश सरकारले बृहत बुद्ध सर्किटको अवधारणा अघि सार्दै प्रदेशका सबै जिल्लालाई पर्यटकीय गन्तव्य जोडिने गरि बाइसे चौबिसे पर्यटकीय सर्किट बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ।  

समृद्धिका लागि सञ्चार अभियान अन्तरर्गत पत्रकार र सञ्चारकर्मीका लागि कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। प्रदेश चलचित्र विकास बोर्ड गठन, एकीकृत भोगिलिक सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याइने प्रदेश प्रमुख शेरचनले बताए। नागरिकका गुनासा सम्बोधन गर्नका लागि ‘हेल्लो मुख्यमन्त्री कक्ष’ सञ्चालन गरि थप प्रभावकारी बनाउने निति कार्यक्रममा उल्लेख छ। डिजिटल प्रदेशको आधार हातहातमा प्रदेश सरकार भन्ने नारा सहित सिंगो लुुम्बिनी प्रदेशलाइ प्रविधिमैत्री बनाउने भनीएको।  

स्वास्थ्यमा आम जनताको अधिकारलाई पूर्णता दिनका लागि स्वास्थ्य भवन निर्माण, औषधिको उपलब्धता लगायतको कार्यक्रम गरीने प्रदेश प्रमुख शेरचनले बताए। लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई मुलककै नमूना अस्पताल तथा मेडिकल कलेजका रुपमा सञ्चालन गरिने उल्लेख छ।

प्रकाशित: २५ जेष्ठ २०७९ १४:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App