१२ पुस २०८२ शनिबार
image/svg+xml
अर्थ

सेयर बजार उच्च अंकले वृद्धि

पछिल्लो एक हप्ता भन्दा बढी समयदेखि घट्दै आएको नेप्से परिसूचक बुधबार उच्च अंकले वृद्धि भएको छ।

बुधवार नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.२५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.१५ अंक र सेन्सेटिभ इण्डेक्स ३.८० अंकले बढेको छ।

बुधबार कारोबारमा आएका २३१ कम्पनीको ५० लाख ५ हजार कित्ता शेयर १ अर्ब ६४ करोड ३ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधवार नेप्सेसँगै कारोबार रकममा समेत सुधार भएको छ। मंगलवार १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

बुधबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ।  जसमध्ये वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ५.०३ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले शेयर मूल्यवृद्धि भएको छ भने लगानी र बैंक उपसमूहको परिसूचक भने यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ।

बुधबार नेप्से परिसूचकसँगै ४ वटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा सामुदायिक लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था, बलेफी हाइड्रोपावर र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। त्यस्तै, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। तर यता,माउण्टेन हाइड्रो नेपालको शेयरमूल्य भने ४.११ प्रतिशतले घटेको छ। बुधवार कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर ५ करोडभन्दा बढीको शेयर कारोबार  गरेर शीर्ष स्थानमा रहेको छ।

प्रकाशित: २५ जेष्ठ २०७९ १०:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App