१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

मापदण्ड विपरित उत्खनन गर्ने ३ ठेकेदार कम्पनीको ठेक्का रद्द

संझौता र मापदण्ड विपरित नदीजन्य पदार्थको निकासी गरेको भन्दै शिवराज नगरपालिकाले ३  वटा खोलबाट निकासीकालागि जिम्माएका ३ ठेकेदार कम्पनीको संझौता रद्द गरेको छ। ती ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्ने र धरौटी समेत प्रकृया समेत अघि बढाइएको छ। 

एक साताअघि नव निर्वाचित मेयर अजय थापाले खोलाहरुको स्थलगत अनुगमन पछि नगरपालिकाले यो कदम चालेका हो। नगर प्रमुख अजय थापाले नदीजन्य पदार्थ उत्खननमा सम्झौता विपरित गर्ने ठेकेदार कम्पनीलाई कारबाही गरिएको बताए। नगरको ३ वटा नदिमा मापदन्ड र संझौता विपरित काम गरकोले कारबाही प्रकृया अघि बढाइएको बताए। आर्थिक वर्ष ०७८/०७९ को नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) उत्खननका लागी ठेक्का पाएको मैनारी खोलाको खनाल कन्ट्रक्सन, सुकबेल खोलाको ओमशान्ति कन्ट्रक्सन र जोकोही खोलाको खड्का काष्ठ तथा फर्निचर सप्लायर्सले सम्झौता विपरित उत्खनन् गरेको पाइएकोले कारबाही गरिएको मेयर थापाले बताए।

नदी जन्य समाग्रीमा मापदण्ड विपरित उत्खनन् गरेको पाइएकोले तिन वटै खोलाको ठेक्का २०७९ जेठ २३ गतेदेखि लागू हुने गरी रद्ध गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए। त्यस्तै ठेकेदार कम्पनीको बैंक ग्यारेन्टी धरौटी जफत गर्ने , कालो सूचिका लागि कार्यपालिकामा सिफारिस गरिएको प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताए।

पटक पटक सचेत गराउदा समेत अटेरी गरी सम्झौता विपरित उत्खनन गर्ने गरेको स्थलगत अनुगमनमा पाइएकोले कारबाही गरिएको अर्यालले बताए। कारबाहीमा परेका ठेक्का कम्पनीले संकलन गरी राखेको नदीजन्य सामाग्री समेत उठाउन नपाउने र सो सामाग्री नगरपालिकाको हुने अर्यालले बताए।

मेयर थापा निर्वाचित हुनुअघि ठेकेदार कम्पनीले सरोकार वाला निकायका प्रमुखलाई सेटिङ मिलाएर खोलामा जेसिबि चलाएर दिनरात निकासी गर्दै आएको स्थानीय बताउँछन्। मेयर थापाले गरेको कारबाही स्वागत योग्य छ तर यो कारबाही अझै पहिले भएको भए राम्रो हुन्थ्यो स्थानीय भन्छन्। ठेकेदार कम्पनीले तोकिएको भन्दा कैयो गुना नदीजन्य पदार्थ बिक्री गरी सकेको छ। शिवराज क्षेत्रमा गरिएको अवैध डम्पिङलाई निरीक्षण गरी कारबाही प्रकृया थाल्नु पर्ने स्थानीयको माग छ।

प्रकाशित: २५ जेष्ठ २०७९ ०७:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App