१७ माघ २०८२ शनिबार
image/svg+xml
अर्थ

नेप्से परिसूचकमा निरन्तर पहिरो

पछिल्लो एक हप्तादेखि निरन्तर रुपमा नेप्से परिसूचक ओरालो लागेको छ। साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४५.५९ अंक घटेर २०२०.२३ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.२४ अंक, फ्लोट इण्डेक्स ३.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७२ अंकले गिरावट आएको छ।

मंगलबार कारोबारमा आएका २३४ कम्पनीको ३८ लाख ८७ हजार कित्ता शेयर १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। सोमवार १ अर्ब २७ करोडठ ३३ लाख ८५ हजार २७६ रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।

नेप्से निरन्तर ओरालो लागेपनि दुई कम्पनीको शेयर निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ। त्यस्तै, हिमालयन बैंकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सर्पोट माइक्रोफाइनान्स र जनउत्थान सामुदायिक लघुवित्त कम्पनीको मूल्य ५ प्रतिशत बढीले गिरावट आएको छ।  कारोबार रकमका आधारमा ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री गरेर एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ।

प्रकाशित: २४ जेष्ठ २०७९ १२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App