५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

युनाइटेड इन्स्योरेन्सको वार्षिक साधारण सभा

युनाइटेड इन्स्योरेन्सको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७७/७८ लेखा परीक्षण प्रतिवेदन, ०७८ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पारित गरिएको थियो।

यस्तै आर्थिक वर्ष ०७८/७९ का लागि बाह्य लेखापरीक्षक एमजीएस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरिएको छ। कम्पनीले गत आव २०७६/७७ को तुलनामा २०७७/७८ मा बीमा शुल्क आर्जन ५८ प्रतिशतले वृद्धि भई १ अर्ब १० करोड बढी बचत गर्न सफल भएको बताइएको छ।

त्यसैगरी गत आव २०७६/७७ को तुलनामा २०७७/७८ मा कम्पनीको नाफामा ५ सय प्रतिशत भन्दा बढीले वृद्धिभई १० करोड ५२ लाख भन्दा बढी भएको जनाइएको छ। यसैगरी सोही अवधिमा खुद नाफा आर्जन ९८ प्रतिशत भन्दा बढीले वृद्धि भएको तथा प्रतिसेयर आयमा ९८ प्रतिशत भन्दा बढीले वृद्धि भएको कम्पनीले जनाएको छ।

कम्पनीले बीमा शुल्क आर्जनका हिसाबले स्थापना कालदेखि पहिलो पटक एक अर्ब क्लबमा प्रवेश गरेको जनाउँदै भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेकोे एसिया स्तरको तेस्रो ईमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२१ नेपालबाट निर्जीवन बिमा क्षेत्रमा दिइएका महत्वपूर्ण योगदानका लागि सम्मानित भएको बताएको छ।

प्रकाशित: २४ जेष्ठ २०७९ ०७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App