४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

इजिप्टमा वाइवाइ प्लान्ट बन्दै

सिजीकर्प ग्लोबलले इजिप्टमा वाइवाई चाउचाउ उत्पादनका लागि प्लान्ट स्थापना गर्ने भएको छ।

सिजीकर्पका अनुसार गत बिहीबार इजिप्टको बेनिसफमा आयोजित एक कार्यक्रमका बीच वाईवाई प्लान्टको शिलन्यास गरिएको हो। इजिप्टस्थित नेपाली दूतावासका चार्ज डी अफेयर्स दीपक घिमिरे र सीजीकर्प ग्लोबलका वरिष्ठ अधिकारी उक्त कार्यक्रममा सहभागी थिए।

पछिल्ला वर्षहरूमा चौधरी ग्रुपले उत्पादन गर्ने वाईवाई अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बन्दै गएको छ। नेपाल, भारत, बंगलादेश, युरोप, युरेसिया, सेन्ट्रल एसियाबाट वाईवाई उत्पादन हुँदै आएको छ। विश्व नुडल्स बजारमा यसको तीन प्रतिशत हिस्सा छ।

सिजीकर्प ग्लोबलले विश्व व्यापी आफ्ना प्रोपर्टीहरूमा नेपालको झण्डा फहराइरहेको छ। त्यसक्रममा इजिप्टमा पनि नेपाली झण्डा राखिएको कम्पनीले जनाएको छ।  

प्रकाशित: २३ जेष्ठ २०७९ १०:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App