३ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

मुस्ताङका स्थानीय तहले करिब ९४ करोड अनुदान पाए

मुस्ताङ जिल्लाका स्थानीय तहहरूले सङ्घीय सरकारबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि ९४ करोड अनुदान पाएका छन्।

सरकारले गत हप्ता सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यअनुसार मुस्ताङका पाँच गाउँपालिकाले ९३ करोड ७७ लाख अनुदान पाएका हुन्। चालु शीर्षकमा ७९ करोड तीन लाख र पूँजीगततर्फ १४ करोड ७४ लाख बजेट विनियोजन भएको हो।

घरपझोङ गाउँपालिकाले रु २१ करोड ५३ लाख, थासाङ गाउँपालिकाले २१ करोड ६९ लाख र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले १७ करोड १४ लाख बजेट पाएका छन्। यसैगरी लोघेकर–दामोदरकुण्ड गाउँपालिकाले १६ करोड ९३ लाख र लोमान्थाङ गाउँपालिकाले १६ करोड ४८ लाख अनुदान पाएका हुन्।

सबैभन्दा बढी थासाङ र कम लोमान्थाङ गाउँपालिकाले अनुदान पाएका हुन्। स्थानीय तहहरूले सङ्घीय र प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन नसकेको रकमलाई समेटेर आगामी आवको बजेट बनाउने गर्छन्। मुस्ताङका स्थानीय तहले आगामी आवका लागि टोल र वडास्थलमा योजना छनोट प्रक्रिया थालेका छन्। रासस

प्रकाशित: २२ जेष्ठ २०७९ ०५:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App