३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

क्यासिनोमा दुई लाख बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

क्यासिनोमा आउने ग्राहकले रु दुई लाखभन्दा बढी रकम खर्च गरे उनीहरूको विवरण संकलन गरेर राख्नुपर्ने भएको छ।

पर्यटन विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन, २०८२ लाई संशोधन गर्दै उक्त व्यवस्था गरिएको जनाएको छ। क्यासिनोमा हुने कारोबारलाई पारदर्शी र कानुनसम्मत बनाउने उद्देश्यका साथ उक्त व्यवस्था गरिएको विभागको प्रष्टोक्ति छ।

सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी वितरणका सम्बन्धमा क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन तुरुन्त लागू हुने विभागले उल्लेख गरेको छ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४, पर्यटन ऐन, २०३५ (संशोधनसहित) ले दिएको अधिकार प्रयोग गरी विभागले त्यस्तो निर्देशन गरेको उल्लेख छ। रासस

प्रकाशित: २६ पुस २०८२ ०६:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App