१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

चार सय बढ्यो आज सुनको मूल्य

आज सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ४ सय रुपैयाँले बढेको हो।

यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ७ सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: १९ जेष्ठ २०७९ ०६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App