६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

मनाङमा स्याउसंगै जुस र वाईन उत्पादन

मनाङस्थित भ्राताङस्थित एग्रो मनाङको स्याउ बगैंचा। तस्बिरः नागरिक

दुवैतिर अग्ला पहाड, पहाडको फेदमा फराकिलो जमिन छ। नजिकै मस्र्याङ्दी नदी सुसाईरहन्छ। समथर भागमा स्याउ खेती छ। बेर्ना इटलीबाट ल्याइएका हुन्। इटलीबाट आयात गरिएको स्याउका विरुवा एकमिटरको दुरीमा रोपिएको छ। रोपिएका स्याउका बोटबाट एकवर्षभित्रमा फल दिने विश्वास पोल्तेनछोपाङ गुरुङको छ।  

मनाङस्थित भ्राताङमा जिल्लाकै ठूलो स्याउ खेती उनकै छ। एग्रो मनाङ प्रालि हो। ७ सय ३५ रोपनी क्षेत्रफलमा स्याउ खेती छ। ‘चानचुन एकलाख गोटा स्याउका विरुवा होलान,’ गुरुङले भने। उनले स्याउ खेती शुरु गरेको ५ वर्ष पुग्यो। उनले व्यावसायिक स्याउ खेतीलाई फैलाउँदै लगेका छन्। किसानलाई प्रोत्साहित गर्न नेपाल सरकार कृषिमा अनुदान दिदैं आएको छ।  

स्थानीय जातको स्याउबाट दाना फल्न समय लाग्छ। तर इटालियन बेर्ना रोपेको वर्षदिनमा स्याउ फल्न शुरु हुन्छ। ‘स्थानीय जातको भन्दा इटालियन बेर्नाबाट छिटो उत्पादन लिन सकिन्छ,’ उनले भने, ‘त्यसैले पनि बेर्ना इटालीबाट आयात गरिएको हो।’ वर्षदिनमा एकैबोटबाट ४÷५ केजीसम्म फल्ने उनले सुनाए। पछि त्यही बोटबाट ४५ केजीसम्म उत्पादन दिन्छ।  

उत्पादित स्याउको बजार काठमाडौंसहित मुख्य बजार क्षेत्र हुन्। उत्पादित स्याउ निर्यात हुन्छ। दाग लागेको स्याउबाट जुस बन्छ। बोटबाट झरेका स्याउबाट वाईन बन्छ। ‘उत्पादित स्याउ खेर जादैन्,’ उनले भने, ‘फ्रेस स्याउ बजार पठाईन्छ। दाग लागेका स्याउबाट जुस बन्छ। अन्यबाट वाईन बनाउन प्रयोग हुन्छ।’ स्थानीय बोटले भन्दा बढी र छिटो उत्पादन दिने भएकोले इटालियन स्याउको विरुवाप्रति आकर्षित हुदैं गएका छन।  

उनले स्याउबाट जुस र वाईन प्रशोधन केन्द्र समेत बनाएका छन। त्यही प्रशोधन केन्द्रबाटै जुस र वाईन बनाईन्छ। ‘वार्षिक ५ लाख बोटल उत्पादन गर्ने लक्ष्यसहित काम गरेका छौं,’ उनले भने, ‘त्यसको लागि रिजर्भ ट्याङ्की बनाईएको छ।’ स्याउ फार्मबाट वार्षिक ५ लाख केजी उत्पादन गर्ने योजना छ। ढुवानीको लागि मनाङ–बेसिशहर सडक खण्ड बनेको छ। यातायातको सुविधा छ। उत्पादित स्याउलाई बजार पु¥याउन सहज हुने छ।  

पाल्तेनको झैं मनाङमा स्याउ खेती गर्ने योजना गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङको छ। उनले पनि केही आफ्नो र केही जग्गा भाडामा लिएर स्याउ खेती गर्ने तयारी गरेका छन्। ‘दुई ठाँउमा गरी झण्डै एक हजार रोपनीमा स्याउ खेती गर्ने योजनासहित काम अघि बढेको छ।’ मन्त्री गुरुङले भने, ‘एकवर्षभित्रमा स्याउको विरुवा रोप्ने काम शुरु हुन्छ। सबै स्थानीय युवाहरुले काम गरिरहेका छन्।’ 

स्याउको आम्दानी विशेष गरी मनाङ मस्र्याङ्दी क्लबलाई खर्च गरिने छ। उत्पादित स्याउ खेर जादैन्। राम्रो दानालाई प्याकिङ गरेर बजार पठाईने उनको भनाई थियो। बाँकी रहेको स्याउलाई जुस र वाईन बनाउन प्रयोगमा ल्याउन सकिने उनले बताए। सडक अझै स्तारोन्नति गर्नुपर्ने छ। सडक स्तरोन्नित भएपछि उत्पादिन स्याउको ढुवानी सहज हुने विश्वास छ।  

प्रकाशित: १८ जेष्ठ २०७९ ०८:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App