१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

आठ महिनामा ३ हजार हेक्टरमा सिँचाइ

संघीय सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा सतह सिँचाइ अन्तर्गत २८ सय ९५ हेक्टरमा सिँचाइ सुविधा पुर्‍याएको जनाएको छ।

अर्थमन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार सोही अवधिमा भूमीगत सिँचाइ अन्तर्गत भने ११० हेक्टरमा सिँचाइ पुर्‍याएको छ। चालु आवको ८ महिनामा संघीय सरकार मातहत ३ हजार ५ हेक्टर क्षेत्रमा सिञ्चित क्षेत्र विस्तार भएको छ।

चालु आवको फागुन मसान्तसम्मको अवधिमा १५ लाख १२ हजार ४ सय ३२ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ। जब की आव २०७८ को असार मसान्तसम्ममा भने १५ लाख ९ हजार ४ सय २७ हेक्टर जमिनमा मात्रै सिँचाइको सुविधा पुगेको थियो।

सरकारले चालु आवको ८ महिनामा जलउत्पन्न प्रकोप नियन्त्रणको लागि ३१.६७ किलोमिटर तटबन्ध निर्माण तथा ५३ हेक्टर जग्गा उकास गर्ने काम गरेको छ। सरकारले २०७८ को असार मसान्तसम्म भने ७७ किलोमिटर तटबन्ध निर्माण भई ८५३ हेक्टर जग्गा उकास गरेको थियो। हालसम्म १२ सय ४१ किलोमिटर तटबन्ध निर्माण र १२ हजार ५८ हेक्टर जग्गा उकास गरेको उल्लेख छ।

प्रकाशित: १५ जेष्ठ २०७९ ०७:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App