७ वैशाख २०८१ शुक्रबार
अर्थ

सिटिजन्स बैंक र र्‍याडिसन होटलबीच समझदारी

सिटिजन्स बैंक र र्‍याडिसन होटल बीच सिटिजन्स बैंकका कार्ड वाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्ड बाहकहरूले लाजिम्पाटस्थित र्‍याडिसन होटल साथै सो होटलद्वारा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चालित लाउन्जबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट पाउनेछन्।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरूलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ। यस्तै बैंकले मोबाइल बैकिङ मार्फत  खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल र मुद्दती खाताको लागि समेत आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी गराएको छ।

प्रकाशित: ४ जेष्ठ २०७९ ०६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App