१५ माघ २०८२ बिहीबार
image/svg+xml
अर्थ

सुनको मूल्य बढ्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ४०० ले उकालो लागेर ९८ हजार ६०० पुगेको छ। सुनकाे मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार २०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार १०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ७०० थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ ले बढेर एक हजार ३०५ पुगेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०० डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: २२ वैशाख २०७९ ०६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App