१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नयाँ वर्षमा सामसुङको छुट

सामसुङ नेपालले नयाँ वर्षको उपलक्ष्यमा ‘नयाँ वर्षको कोसेली, घर भित्र्याऊ यसपालि’ योजना सञ्चालन गरेको छ। योजनाअन्तर्गत जेठ १ गतेसम्म सामसुङका टिभी तथा डिजिटल एप्लाएन्सेस खरिदमा आकर्षक छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

यो योजना सामसुङको टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिन खरिदमा लागु गरिएको छ । जस अनुसार सामसुङको लाइफस्टाइल टिभी द फ्रेम, खरिद गर्दा प्रारम्भिक क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

शतप्रतिशत कलर भोल्युम क्वान्टम डट प्रविधिको क्यु एलइडी टिभी २० प्रतिशतसम्म र सबैभन्दा लोकप्रिय क्रिस्टल फोर के युएचडी टिभी २० प्रतिशतभन्दा बढी छुटमा उपलब्ध छ भने पिसी मोड सामसुङ स्मार्ट टिभीमा २५ प्रतिशतसम्म छुट रहेको कम्पनीले जनाएको छ।

त्यस्तै, सामसुङको नवीन ५७९ लिटर क्यापासिटीको कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर, ३१४ लिटर क्षमताको कर्ड माइस्त्रोे र डिजिटल इन्भर्टर डबल डोर रेफ्रिजेरेटरहरू र सिंगल डोर रेफ्रिजेरेटरमा २२ प्रतिशतसम्मको क्यासब्याक अफर रहेको छ।

यस्तै आठ, नौ केजी र १२ केजी कपासिटीमा उपलब्ध हाइजिन स्टिमयुक्त सामसुङ फ्रन्ट लोड वासिङ मेसिन,  आठ र १२ केजी कपासिटीमा उपलब्ध ए आई इकोबल वासर ड्रायर, सात केजी तौल क्यापसिटीको सामसुङ टप लोड डिजिटल इन्भर्टर प्रविधि र सात केजी क्यापसिटीमा पाइने डायमन्ड ड्रम प्रविधियुक्त सामसुङको टप लोड वासिङ मेसिनमा पनि योजना अवधिभर १७ प्रतिशतसम्म क्यास ब्याक प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ। टिभीमा एक वर्ष वारेन्टी र वारेन्टी प्यानलहरूमा थप एक वर्षको वारेन्टी रहेको छ । डिआइटी कम्प्रेसर र एसीमा १० वर्ष र डिआइटी मोटरमा १० वर्षको वारेन्टी छ।

प्रकाशित: २४ चैत्र २०७८ ०२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App