१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

चितवनमा पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी सुरु

चितवनमा पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी सुरु भएको छ। प्रदर्शनी कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रर्वधन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनमा भरतपुरमा आज बुधबारदेखी राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी सुरु भएको हो।

प्रर्दशनीमा स्वदेशमै कृषि यन्त्र उपकरण उत्पादनमा जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा। गोविन्दप्रसाद शर्मा आचार्यले कृषिमा यान्त्रीकरणलाई बढाउनुपर्नेमा जोड दिए।उत्पादन लागत घटाउन यान्त्रीकरणमा कृषिकर्मलाई रुपान्तरण गर्नुपर्नेमा जोड दिए।

उनले कृषि क्षेत्रको आधुनिकिकरण गर्न तीनै तहका सरकार, दलहरु, निजी क्षेत्र सबै एक्यवद्ध बन्नुपर्नेमा जोड दिए। उनले कृषि क्षेत्रमा युवा आकर्षण बढेकाले आधुनिकिकरण गर्न सहज हुने बताए। कृषि विभागका महानिर्देशक रेवतीरमण पौडेलले कृषि यन्त्र, उपकरण स्वदेशमै उत्पादन बढाउन नीजि क्षेत्रले सरकारसँग योजना माग गर्न सुझाए।

उनले नेपाली हावापानी सुहाउदा यन्त्र उपकरण उत्पादन गर्नुपर्ने बताए। कृषि पूर्वाधार तथा कृषि यान्त्रीकीकरण प्रर्वधन केन्द्रका महानिर्देशक महेन्द्रनाथ पौडेलले उन्नत प्रविधि र वित्तिय पहुँचमा किसानको पहुँच बढाउनुपर्ने बताए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यक्रम निर्देशक हस्त विष्टले श्रमको लागत घटाई उत्पादन लागत घटाएर नाफामूलक बनाउनुपर्ने बताए। नेपालका लागि इजरायली राजदूत हनान गोधारले कृषि क्षेत्रमा बजेट तथा योजना बढाउनुपर्नेमा जोड दिए।

नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले कृषि बजेटको ३ प्रतिशत यान्त्रिकीकरणमा खर्चिए तीन वर्षमा उत्पादन ८० प्रतिशत बढ्ने दाबी गरे। उनले स्वदेशमै कृषि यन्त्र तथा उपकरणका लागि आत्मनिर्भर बनाउन राज्यले प्रोत्साहन गर्नुपर्ने बताए। प्रदर्शनीमा १५० भन्दा बढी प्रदर्शनकर्ता रहेका छन्। प्रदर्शनीमा ‘मेड इन नेपाल प्याभिलियन’ र कृषि कर्जा मेला विशेष आकर्षणको रुपमा रहेका छन्।

प्रकाशित: १० चैत्र २०७८ ०५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App