१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सरस्वती खोलामा पक्की पुल बन्ने

सरस्वती खोलाको पुल शिलान्यास गर्दै मेयर र उपमेयर चौधरी। तस्बिरः महेश्वर/नागरिक

सदरमुकाम त्रियुगा नगरपालिका ८ को उत्तराइटोलस्थित सरस्वती खोलामा पक्की पुल बन्ने भएको छ।

हेर्दा सामान्य देखिने खोलामा हल्का वर्षा हुँदा पनि बाढी आएर आउजाउ गर्नै समस्या पर्ने गरेको हुनाले स्थानीयले धेरै पहिलेदेखि त्यहाँ पुलको माग गर्दै आएकाले चालु वर्ष नगरपालिकाले पुल बनाउन लागेको हो।

अढाई करोडको लागतमा बन्ने पुलको आइतबार नगरप्रमुख बलदेव चौधरी र उपप्रमुख देवीकुमारी चौधरीले एक कार्यक्रमकाबीच संयूक्त रुपमा शिलान्यास गरे। पुलका लागि चालुवर्ष १ करोड बजेट व्यवस्थापन भएकोमध्ये प्रदेश सरकारले ७० लाख छुट्याएको र बाँकी नगरपालिकाबाट व्यहोर्ने नगरप्रमुख चौधरीले बताए।

स्थानीयहरु नगरवासीको माग र आवश्यक्ताका आधारमा समिति स्रोतसाधनका बाबजुद पनि सरस्वती खोलामा पुल बनाउन बजेट व्यवस्था गरिएको मेयर चौधरीले बताए। चौधरीले चालुवर्ष सुरु गरेको पुल आगामी वर्ष बेलैमा सक्नेगरी पुलको काम अघि बढाउन ठेक्का सम्झौता भइसकेको बताए।

गतवर्ष नै त्यहाँ पुल बनाउने आफ्नो योजना रहे पनि कोभिड महामारीले बजेट नगरवासीको स्वास्थ्य सुरक्षामा खर्च गर्नुपर्दा चालुवर्षसम्म ढिला भएको उनले बताए। ‘कोभिड महामारी नभएको भए यतिखेरसम्म पुल निमार्ण भइसक्ने थियो’ शिलान्यास कार्यक्रमा मेयर चौधरीले भने ‘कोभिड महामारीले गर्दा सबै बजेट जनताको सुरक्षामा खर्च गर्नु परेकाले केही ढिला हुन गयो।’

उनले आगामी वर्ष छिट्टै पुल बनेर वर्षा बाढीको कहर खेप्न नपर्ने आश्वासन जनतालाई दिए। उत्तराईटोल, देउरी र जलजले जोड्ने सडकखण्डमा पर्ने त्रियुगा नदीमा पनि छिट्टै मोटरेवल पुल बनाउन पुल विभागसँग प्रस्ताव पेश गरिसकेको उनको भनाइ थियो।

उत्तराहीटोलदेखि देउरी, जलजलेसम्म जोडिएको सडक खण्डमा सरस्वति र त्रियुगा नदीले वर्षायाममा आउजाउमा बाधा गर्ने गरेको छ। पुल निर्माणका लागि २ कारोड ४७ लाख रुपैयाँको ठेक्का अनसुन/अनसुवी जेवी चन्द्रागिरी काठमाडौँले पाएको छ।

निर्माण कम्पनीका प्रवन्धक विजयकुमार यादवले सम्झौता भइसकेको र शिलान्यास पनि भएकाले अब पुलको काम छिट्टै अघि बढ्ने बताए। पुल बन्ने भएपछि वर्षाैदेखिको बाढीको समस्या समाधान हुने अपेक्षा गरिएको स्थानीय रामवती चौधरीले बताइन्। उनका अनुसार लामो समयदेखि त्यस आसपासका स्थानीयलाई सरस्वती र त्रियुगा नदीले वर्षायाममा दुःख दिँदै आएको थियो।

प्रकाशित: ७ चैत्र २०७८ १२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App