१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

गरिमा विकास बैंकको लकरमा महिलालाई छुट

गरिमा विकास बैंकले अन्तर्राष्ट्रिय नारी दिवस २०२२ को अवसरमा गरिमा नारी बचत खाता र मेरो सेयर बचत खाता खोलेका सम्पूर्ण महिला ग्राहकलाई लकर सुविधामा विशेष छुट घोषणा गरेको छ।

बैंकले लकर डिपोजिटमा २५ प्रतिशत र वार्षिक लकर शुल्कमा ५० प्रतिशत (पहिलो वर्षका लागि मात्र) छुटको व्यवस्था गरेको जनाएको छ। बैंकका ग्राहकले न्युरोड शाखा (काठमाडौं), कुमारीपाटी शाखा (ललितपुर), सूर्यविनायक शाखा (भक्तपुर), सभागृह शाखा (कास्की), बगर शाखा (कास्की), नारायणगढ शाखा (चितवन), बुद्धचोक शाखा (चितवन) र धरान शाखा (धरान)मा उपलब्ध विभिन्न आकारका लकरमा उक्त छुट लिनसक्ने बताएको छ। उक्त बैंकमा नयाँ वा पहिला नै नारी बचत खाता तथा मेरो सेयर बचत खाता खोलेका महिलाले उक्त छुट पाउने बताइएको छ।

प्रकाशित: २४ फाल्गुन २०७८ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App