१८ वैशाख २०८३ शुक्रबार
image/svg+xml
अर्थ

सानिमा बैंकको ९५औँ शाखा गोरखामा

गोरखामा सानिमा बैंकको शाखा उद्घाटन गर्दै मह जोडी।

सानिमा बैंकले गोरखा सदरमुकाममा शाखा संचालनमा ल्याएको छ। बिहीबार एक कार्यक्रमबीच बैंकका एम्बेस्डर वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन्।

‘हामीले बैंकको ९५ औँ शाखाको रुपमा गोरखामा सानिमा बैंकको शाखा विस्तार गरेका छौँ’ प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले भने। गोरखाको शक्तिचोकमा बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएको हो। बैंक उद्घाटनका क्रममा कलाकार मदनकृष्ण श्रेष्ठले देशको आर्थिक विकासका लागि बैंक तथा वितिय संस्थाहरुको विस्तार हुनुपर्ने बताए।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मभूमिबाट नै राष्ट्रनिर्माण अभियानको सुरुवात भएको बताउँदै उनले भने ‘सानिमा बैंकले पनि गोरखाबाट सेवा, सुविधा प्रभावकारीका बनाउँदै शाखाहरु विस्तार गर्दै जानुपर्छ।’ अर्का कलाकार हरिवंश आचार्यले गोरखा सम्भावना बोकेको ठाउँ भएकाले यहाँको कृषि, व्यापार व्यवसाय सँगै पर्यटनमा बैंकले राम्रो सँग सेवा दिने बताए।

साथै उनले सानिमा बैंकको खराब कर्जा कम भएकाले बैंकलाई विश्वास गर्ने ठाउँ रहेको बताए। ‘गोरखामा वित्तीय संस्थालाई यहाँको विकास र पर्यटनसँग जोड्नुपर्छ’ उनले भने। गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले वित्तीय संस्था थपिँदा सेवा लिन सहज हुने बताउँदै भने ‘अझै पनि सबैको पहुँचमा बैंक पुगेको छैन, व्यापारी व्यवसायीका लागि मात्र नभएर केही नयाँ व्यवसायी गर्न चाहनेकालागि पनि बैंकले प्रभावकारी सेवा दिन सक्नुपर्छ।’

लगानीमैत्री वातावरण बनाउन तर्फ प्रेरित गर्न बैंकलाई उनले सुझाव दिए। उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बैंक तथा वित्तीय संस्थाले व्यापार व्यवसायमा सघाउँन पुर्‍याउने भएकाले जति धेरै बैंकको शाखा विस्तार भयो त्यति व्यवसायीलाई फाइदा हुने बताए। कार्यक्रममा सानिमा बैंकका प्रमुख सञ्चालक अधिकृत पवन आचार्यले गोरखामा शाखा स्थापना भएसँगै ग्राहकलाई गुणस्तरीय सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

गोरखामा स्थापना भएको सानिमा बैंक देशभरमा ९५औँ शाखा र १२३औँ कार्यालय भएको गोरखा शाखाका शाखा प्रवन्धक गणेश मल्लले बताए। ‘गोरखाको आर्थिक, सामाजिक क्षेत्रमा योगदान पुर्‍याउन गोरखामा शाखा कार्यालय स्थापना गरिएको हो’ उनले भने ‘हामी गोरखालीलाई व्यवसायी रुपमा सफल बनाउने माध्याम बन्छौँ।’

कार्यालयबाट कृषि कर्जा, विपन्न वर्ग कर्जा र महिला उद्यमी कर्जा सहज रुपमा उपलब्ध गराएको उनले जानकारी दिए। शैक्षिक क्षेत्र सुधारका लागि छात्रवृत्ती योजनाहरु पनि सञ्चालनमा रहेको उनले बताए।

प्रकाशित: १२ फाल्गुन २०७८ १३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App