जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालका ओपनर विनोद भण्डारीले अर्धशतक पूरा गरेका छन्।
उनले ७२ बलमा अर्धशतक पूरा गरेका हुन्। ५० रन पूरा गर्ने क्रममा उनले ६ चौका समेत प्रहार गरे। उनी ७९ बलमा ७ चौकासहित ५६ रन बनाएर आउट भए।
विनोदले राष्ट्रिय टोलिमा ओडिआईमा ४ बर्षपछि पुनरागमन गरेका हुन्। यसअघि उनले सन् २०२२ मा नेपालबाट ओडिआई खेलेका थिए।
ताजा स्थितीमा नेपालले २९ ओभरमा ४ विकेट गुमाएर १३९ रन बनाएको छ।
प्रकाशित: १८ वैशाख २०८३ ११:५९ शुक्रबार




