१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

गृहमन्त्री गुरुङ र मृतक मेहताका आफन्तबीच शिक्षण अस्पतालमा वार्ता जारी

गृहमन्त्री सुधन गुरुङ र सुनसरीको देवानगञ्ज घटनामा गोली लागेर मृत्यु भएका रवीन्द्र मेहताका आफन्तबीच वार्ता भइरहेको छ।

२२ वर्षीय मेहताको मंगलबार उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो। मेहताका आफन्तीले गृहमन्त्री स्वयम् उपस्थित भएर माग पूरा नगरेसम्म शव नउठाउने अडान लिएपछि गृहमन्त्री वार्ताका लागि अस्पताल पुगेका हुन्।

मेहताका आफन्तहरुले अहिलेसम्म कसैलाई गिरफ्तार नगरिएको, छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरिएको, गोली चलाउने कसैलाई पनि सार्वजनिक नगरेको भन्दै कारवाही र क्षतिपूर्तिको माग राखेका छन्।

यसअघि उक्त घटनामा मृत्यु भएका तीन जनाको परिवारसँग सरकारले वार्ता गरेको थियो। उनीहरुसँग सरकारले सहिद घोषणा गर्ने, आर्थिक सहायता, परिवारका सदस्यलाई रोजगारीको व्यवस्थालगायत बुँदामा सम्झौता गरेको थियो।

रविन्द्रका आफन्तले पनि सरकारसँग सम्झौता भएपछि मात्र शव अन्त्येष्टि गर्ने अडान राखेका छन्।

प्रकाशित: १९ श्रावण २०८३ १८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App