नेकपा एमालेकी नेतृ उषाकिरण तिमल्सेनाले अमेरिकामा ममता काफ्लेको हत्या प्रकरणलाई लिएर महिलामाथि हुने हिंसा र नेपाली समाजमा महिलालाई हेर्ने सोचप्रति प्रश्न उठाएकी छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले महिलालाई कमजोर ठान्ने र वस्तुका रूपमा हेर्ने सामाजिक सोच परिवर्तन हुनुपर्ने बताएकी हुन्।
महिलाले स्वाभिमानपूर्वक बाँच्न पाउने वातावरण बनाउनु समाजको दायित्व भएको र सुरक्षित रूपमा हुर्कने, पढ्ने तथा रोजगारी पाउने व्यवस्था गर्नु राज्यको जिम्मेवारी भएको उनको भनाइ छ।
उनले बारामा बलात्कारपछि हत्या गरिएकी गरिमा चौधरी र अमेरिकामा मारिएकी काफ्लेको घटनालाई जोड्दै महिलामाथि हुने हिंसाप्रति आक्रोश व्यक्त गरेकी छन्।
‘गरिमा चौधरी हुन् वा दुई वर्षअघि अमेरिकामा मारिएकी ममता काफ्ले, दुवै जना स्त्रीलिंगी भएकै कारण मारिएका हुन्। स्त्री भएकै कारण कहिलेसम्म मरिरहनुपर्ने? यो विडम्बना कहिलेसम्म?’ उनले लेखेकी छन्।
बलात्कार र हत्याजस्ता अपराध गर्ने मानसिकता विकास हुनुमा समाजको पनि भूमिका रहेको उल्लेख गर्दै उनले यसको रूपान्तरणका लागि बलियो कानुनी व्यवस्था र महिलालाई सक्षम बनाउने वातावरण आवश्यक रहेको उनको भनाइ छ।
‘प्रिय मान्छेहरू हो, छोरी मान्छेहरूलाई मान्छेका रूपमा हेर्नुस्, कमजोर वस्तुका रूपमा नहेर्नुस्,’ उनले लेखेकी छन्।
महिलाहरू बलिया भए परिवार र समाज पनि बलियो हुने भन्दै तिमल्सेनाले महिला हिंसाविरुद्ध डटेर सामना गर्न आग्रह गरेकी छन्।
ममता काफ्ले हत्या प्रकरणमा अमेरिकी अदालतमा सुनुवाइ भइरहेको छ। उनका पति नरेश भट्टले अदालतमा ममताले आत्महत्या गरेको दाबी गर्दै उनको शव टुक्रा पारेर व्यवस्थापन गरेको बताएका थिए। यसअघि उनले ममता हराइरहेको बताउँदै आएका थिए।
यो पनि पढ्नुहोस्
ममता काफ्ले प्रकरण : दुई वर्षपछि फेरियो नरेशको बोली, अदालतमा गरे नयाँ दाबी
यो पनि पढ्नुहोस्
ममता काफ्ले प्रकरणमा नयाँ ट्विस्ट : अदालतमा शयनकक्षको कार्पेट र बाथटबबारे थप यस्तो खुलासा
यो पनि पढ्नुहोस्
ममता बेपत्ता प्रकरण : नरेशको व्यवहारबारे ‘बेबीसिटर’ को बयान, साथी सुनिताले के भनिन् ?
यो पनि पढ्नुहोस्
प्रकाशित: २१ कार्तिक २०८३ १०:२६ शनिबार





