२३ श्रावण २०८३ शनिबार
image/svg+xml
धर्म/संस्कृति

मेरा लागि उभौली पर्व बाल्यकालको स्मृति जोडिने दिन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उभौली पर्व आफ्नो बाल्यकालको स्मृति जोडिने दिनको रूपमा रहेको बताएका छन्।

‘मेरा लागि उभौली एउटा पर्व मात्र नभएर बाल्यकाल देखिका स्मृति जोडिने दिन पनि हो,’ लिम्बू समुदायको बाहुल्यता रहेको तेह्रथुमको आठराईमा बाल्यकाल बिताएका ओलीले भनेका छन्, ‘ऋतु परिवर्तनसंगै जमिन, जंगल, जल चराचुरुंगी र मानिसमा आउने परिवर्तनलाई मैले सूक्ष्म अनुभूति गरेको छु।’

पूर्वी नेपालका किरातहरूले धान्यपूर्णिमाको दिन मनाउने उभौली पर्वको शुभकामना दिँदै अध्यक्ष ओलीले उत्पादन, उर्वरता, प्रकृतिप्रेमको कृतज्ञता मात्र होइन यस पर्वले किरात संस्कृतिमा पुर्खाको ज्ञानप्रति सम्मान पनि व्यक्त गर्ने बताएका छन्।

‘उत्पादन, उर्वरता, प्रकृतिप्रेमको कृतज्ञता मात्र होइन यस पर्वले किरात संस्कृतिमा पुर्खाको ज्ञानप्रति सम्मान व्यक्त गर्ने सांस्कृतिक चेतना दिन्छ,’ अध्यक्ष ओलीले शुभकामना सन्देशमा भनेका छन्, ‘पुस्तौंदेखि प्रकृतिसँगको सहअस्तित्वको दर्शनलाई जीवित राख्दछ।’

प्रकाशित: १८ वैशाख २०८३ १२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App