२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई रक्षाको सुझाव : साँचो क्रान्ति ‘ज्ञ’ बाट होइन, ‘क’ बाट सुरु हुन्छ

फाइल तस्बिर

नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिएकी छिन्। 

२५७० औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दा शाहले व्यक्त गरेको विचारलाई लिएर उनले यस्तो सल्लाह दिएकी हुन्। प्रधानमन्त्री शाहले शुभकामना सन्देशमा ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो’ भनेका थिए।

प्रधानमन्त्रीको सोही सन्देश साझा गर्दै रक्षाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘साँचो क्रान्ति ‘क’ बाटै सुरु हुन्छ प्रधानमन्त्री ज्यू, र त्यो ‘क’ करुणा हो।’

स्वदेश तथा विदेशमा शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७० औँ जयन्ती भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदैछ।

सोही अवसरमा उनले प्रधानमन्त्रीको क्रान्ति सम्बन्धी परिभाषामा आफ्नो फरक मत राख्दै करुणाको महत्त्वबारे बताएकी हुन्।

यो पनि पढ्नुहोस्

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ : प्रधानमन्त्री शाह

प्रकाशित: १८ वैशाख २०८३ १२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App