२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

चितवनमा अलपत्र यात्रुलाई होटेलमा ७५ प्रतिशत छुट

<br>

चितवनका विभिन्न ठाउँमा अलपत्र परेका यात्रुलाई जिल्लाका होटेल तथा लजमा ७५ प्रतिशत छुट दिइने भएको छ। सरोकार भएकाहरूसहित शनिबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न बैठकले होटेलको कोठा भाडामा ७५ प्रतिशत छुट दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। 

चितवन जिल्ला प्रवेश गरेका र सवारी आवागमन बन्द भएका कारण गन्तव्यमा पुग्न नसकेका यात्रुलाई जिल्लाभरका सबै प्रकारका होटेलमा लिँदै आएको कोठा भाडामा ७५ प्रतिशत शुल्क छुट दिने निर्णय भएको उनले बताए। निर्णय कार्यान्वयनका अवस्था बुझ्न होटेल सङ्घ चितवन र जिल्ला प्रहरी कार्यालयले अनुगमन गर्ने पनि प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए।

होटेल व्यवसायी सङ्घका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले अलपत्र परेका यात्रुले आफूलाई ९८५५०१४१८० मा सम्पर्क गर्न सक्ने बर्ता। उनले बाध्यता हेरेर कतिपयलाई निःशुल्क बस्ने व्यवस्थासमेत गरिने बताए। क्षेत्रीय होटेल सङ्घ सौराहाका उपाध्यक्ष सुवासचन्द्र गौतमले आफ्नो निजी होटेलमा अलपत्र परेका ४० जनालाई दैनिक निःशुल्क सेवा दिने बताउँदै अन्यलाई प्रशासनको निर्देशनअनुसार ७५ प्रतिशत छुट दिने बताए। 

चितवनको मुग्लिन, नारायणगढ, भरतपुर, टाँडी, पर्सालगायत क्षेत्रमा अलपत्र यात्रुले प्रहरीसँगको समन्वयमा होटेलमा छुट सुविधा लिएर बस्न सक्ने छन्।

प्रकाशित: १८ आश्विन २०८२ २१:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App