१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

व्यापार संघको कार्य समिति निर्विरोध निर्वाचित

नेपालकै पहिलो व्यापारी संस्था मोरङ व्यापार संघको ३३औं कार्य समिति सदस्यहरु निर्विरोध निर्वाचित भएका छन्।

संघको नयाँ कार्य समितिका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो। ८ जना उद्योगतर्फ र वाणिज्यतर्फ ८ जना गरी जम्मा १६ जनाले मात्रै उम्मेदवारी दर्ता गरेको संघको निर्वाचन अधिकृत अधिवक्ता पुनम गुप्ताले बताए। यसरी अन्तिम समयसम्म पनि अरु कसैको पनि उम्मेदवारी दर्ता नभएपछि १६ जनालाई निर्विरोध निर्वाचित घोषाण गरिएको गुप्ताले जनाकारी दिए।  

यसरी निर्वाचित हुनेहरुमा वाणिज्यतर्फ देवाशिष गोल्छा, मनिष मारु, श्याम राठी, संजय श्रेष्ठ, अनिलकुमार साह, विनीत सिंघानिया, सुशील सुराना, राजेश अग्रवाल रहेका छन्। यस्तै उद्योगतर्फ नवीन रिजाल, आशिष जाजु, दीपेश सुवेदी, अमित सारडा, अनुपम राठी, विकासकुमार बेगवानी, पवन राठी र अनिल सारडा रहेका छन्।

नयाँ कार्य समिति सहमति अनुरुप निर्विरोध भएको र पदाधिकारी पनि सहमतिमै चयन हुने बताइएको छ। हाल संघको वरिष्ठ उपाध्यक्षसमेत रहेका नवीन रिजाललाई सर्वसम्मत अध्यक्ष बनाउने र अन्य पदाधिकरीमा पनि सर्वसम्मत गर्ने तयारी भइरहेको छ। व्यापार संघको संशोधित नियमावली अनुसार पदाधिकारीमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उद्योग र वाणिज्यबाट उपाध्यक्ष १–१ जना, महासचिव १, सचिव १ र कोषाध्यक्ष १ गरी ७ जना रहने छन्। कार्य समितिले मनोनित गर्ने अन्य सदस्यसहित संघको कार्यकारिणी समिति २१ जनाको हुनेछ।

प्रकाशित: २० पुस २०७८ १४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App