१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

मुलुक विदेशीहरुको चक्रव्युहमा फस्योः सिपी मैनाली

नेकपा (माले) का महासचिव सिपी मैनालीले मुलुक विदेशीहरुको चक्रव्यूहमा फसेको बताएका छन्।

दलहरुलाई प्रयोग गरेर नेपाललाई विदेशीहरुले आफ्नो नियन्त्रणमा लैजाने रणनीतिक लक्ष्य बनाएको महासचिव मैनालीको जिकिर थियो।

पुष्पलाल अध्ययन समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई विदेशीहरुको नियन्त्रणबाट मुक्त गर्न नेपालका कम्युनिष्ट पार्टीहरुले आफ्नो विगतलाई समीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए।

महासचिव मैनालीले मुलुकमा तत्काल जनवाद आउने सम्भावना नभए पनि कम्युनिष्टहरुले आफ्ना कमजोरी सुधार गर्दै अघि बढे समाजवाद निर्माणको आधार भने बताउन सक्ने उल्लेख गरे।

उनले भने, ‘अब दलहरुलाई प्रयोग गरेर नेपाललाई विदेशीको नियन्त्रणमा लैजाने दोस्रो रणनीतिक लक्ष्यमा लागेको छ। यस्तो खालको कमजोरीहरु हाम्रोमा छन्। अहिले तत्कालै जनगणतन्त्र, तत्कालै समाजवाद आउने कुरा त म देख्दिन। तर अहिले तत्कालै एउटा फेरी एउटा राजनीतिक परिवर्तनको आवश्यकता देखिएको छ। त्यसका कार्यक्रमहरु, त्यसका लक्ष्यहरु, विधिहरु के हुन सक्लान ? अहिले मैले भन्न पाइन। अहिले मुलुक विदेशीहरुको चक्रव्यूहबाट मुक्त भएर स्वतन्त्र समाजको रुपमा अघि जानसक्छ। देशमा जनसत्ता आउन सक्ला। र पूँजीवाद विरोधी समाजवाद निर्माण गर्ने परिस्थितिको सृजना हुनसक्ला।’

महासचिव मैनालीले नेपालमा अहिले पनि कम्युनिष्ट शक्तिहरुबीच एकता भइहाल्ने अवस्था नरहेको पनि जनाए।

प्रकाशित: १५ असार २०८१ १६:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App