१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सत्ता गठबन्धनबारेका चर्चा असत्य हुन्ः मन्त्री शर्मा

फाइल।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तागठबन्धनमा असमझदारीका हल्ला सत्य नभएको बताएकी छिन्।

मन्त्रिपरिषद्को आजको बैठकपछि सञ्चारमाध्यमसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल सत्ता परिवर्तन नहुने स्पष्ट पारेको जानकारी दिइन।

मन्त्री शर्माले आमसञ्चार माध्यममा आएको कुरा र यर्थाथबारे बैठकमा प्रधानमन्त्रीले ब्रिफिङ गरेको र  बाह्य चर्चामा आएका विषय मिडिया ट्रायलका रुपमा आइरहेका बताइन्।

‘गठबन्धनका दलबीच असमझदारी बढेको बाह्य चर्चा र अफवाह असत्य हुन्, त्यस्तो छैन’, उनले भनिन्, ‘गठबन्धन लामो समय जाने स्थिति बनेको भन्दै प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएको छ।’

मन्त्री शर्माले प्रधानमन्त्री दाहाल र नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकारात्मक रहेको जानकारी दिइन्।

प्रकाशित: १७ असार २०८१ १९:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App