१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

वामदेव भन्छन्: कम्युनिष्टहरुबीच पुनः एकता हुनैपर्छ

फाइल।

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिष्टहरुबीच पुनः एकता हुनैपर्ने बताएका छन्।

शनिबार राजधानीमा आयोजित पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

कम्युनिष्ट पार्टीले एकता गर्छौं भनेर आफ्नो प्रश्ताव राख्नुपर्ने उनकाे भनाइ थियाे। ‘कम सेकम कम्युनिष्ट पार्टीले हामी एकता गर्छौं भनेर आफ्नो प्रश्ताव राख्नुपर्‍यो। हामी एकता गर्छौं। नेपालमा कम्युनिष्ट क्रान्तिकारीहरुको बीचमा एकता हुनैपर्छ।’ उनले भने।

कम्युनिष्ट पार्टीको घोषणापत्रमा भनेअनुसार समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर्नुपर्ने उनकाे तर्क छ। उनले जमिन उत्पादनको साधनको सबैभन्दा मुल यन्त्र भएकाले आफूसँग नलिकन समाजवाद स्थापना नसकिने जिकिर गरे।

कार्यक्रमलाई सम्बाेधन गर्दै उनले सुनाए ‘राष्ट्रियकरण किन गर्ने भन्दा जमिन उत्पादनको साधनको सबैभन्दा मुल यन्त्र हो । मुल शक्ति हो, मुल उत्पादक साधक हो । त्यो शक्ति आफूसँग नलिकन समाजवाद स्थापना गर्न सकिँदैन। फेरि पनि कम्युनिष्टहरु बीचको एकता हुनैपर्छ।’

अध्यक्ष गौतमले कम्युनिष्टहरुको एकताको लागि आफू पुनः सक्रिय भएर लाग्ने प्रतिवद्धता समेत जनाए।

प्रकाशित: १५ असार २०८१ १६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App