coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

‘पुनर्निर्माण तीव्र बनाऊ’

२०७२ सालको महाभूकम्पले भत्केका भौतिक संरचनाको तीव्र पुनर्निर्माण जोड दिइएको छ।

ग्रिल तथा स्टिल व्यवसायी संघ भक्तपुरको शनिबार भएको नवौं वार्षिक साधारणसभाका वक्ताहरूले भूकम्प गएको यति लामो समय हुँंदा पनि अहिलेसम्म पुनर्निर्माणले पूर्णता पाउन नसकेको भन्दै दुःख व्यक्त गरे। त्यसकारण पुनर्निर्माणमा तीव्रता दिनुपर्ने आवश्यकता उनीहरूले औंल्याए।

ग्रिल तथा स्टिल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले भूकम्पपछिको पुनर्निर्माण तीव्र बनाउनु आवश्यक भएको बताए। जसरी भए पनि भूकम्पले क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण गर्नुपर्ने त्यसका लागि छिटो निर्माण सम्पन्न गर्न सकिने निर्माण सामाग्री प्रयोग उपयुक्त हुन सक्ने उनले बताए।

नयाँं प्रविधि भित्र्याउन सरकारले केही सहुलियत दिनुपर्ने खाँंचो उनले औंल्याए। उनले फलामजन्य वस्तुको अनियन्त्रित मूल्यवृद्धिलाई नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गराए। नेपाल इको प्यानलका सिइओ कृष्णभक्त दुवालले इको प्यानल तीव्र पुनर्निर्माणको पर्याय भएको बताए। 

प्रकाशित: १८ पुस २०७८ ०२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App