२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

लक्ष्मी बैंकका शाखा विस्तार

लक्ष्मी बैंकले थप दुई शाखा र एक एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकले सुनसरीको इनरुवा नगरपालिका–१ शान्ति चोक र मोरङको उर्लाबारी नगरपालिका–५ उर्लाबारी चोकमा शाखा विस्तार गरेको जनाएको छ। त्यस्तै बैंकले जाजरकोटको बारेकोट गाउँपालिका–८ सेपुखोलामा एक्सटेन्सन काउन्टरसमेत स्थापना गरेको छ।

यी शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुग्ने विश्वास लिएको छ।

बैंकले एक सय ४० शाखा, नौ एक्सटेन्सन काउन्टर, पाँच हस्पिटल सेवा काउन्टर, एक सय ७० एटिएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित: २३ मंसिर २०७८ ००:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App