१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दैनिक ५ करोड बढी रेमिट्यान्स : आधा घटेको कोरोबारीहरुको गुनासो

हिन्दूहरुको महान चाड दशैं लगायतका चाडसँगै  कपिलवस्तुमा रेमिट्यान्स कारोबारमा बृद्धि भएको छ। एक सात यता बैंक तथा वित्तीय संस्थाहरुमा रेमिट्यान्सको कारोबारमा बृद्धि तेब्बर बढी भएको हो।

जिल्लामा अहिले दैनिक ५ करोड बढी रेमिट्यान्स भित्रिरहेको कारोबार गर्ने वित्तीय संस्थाहरुले जनाएका छन्। कोरोनाले गर्दा विगत वर्षहरुभन्दा यस वर्ष ४० प्रतिशतले कारोबारमा कमी आएको बैंक तथा वित्तीय संस्थाहरुले जनाएका छन्।

वैदेशिक रोजगारमा गएका नेपालीहरुले  दशैं अघिदेखि नै रकम पठाउने गरेका थिए। सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, जितपुर गोरुसिंगे, पकडी लगायतका स्थानमा ६० बढी वित्तीय संस्थाहरुले यसको कारोबार गर्दै आएका छन्। वाणिज्य, निजी बैंक, सहकारी सहकारी संस्थाहरुले समेत रेमिट्यान्सको कारोबार गरिरहेका छन्।

रेमिट्यान्सको कारोबार गर्ने संस्थाहरुमा अहिले अन्य दिनको तुलनामा रकम भिक्नेहरुको निकै भीड बढेको छ। कपिलवस्तु नगरपालिकाको पुरानो हाट बजारस्थित कसौधन मनी ऐक्सचेन्जका संचालक सन्तोष कसौधनले एक साता यता रेमिन्टेन्सको  कारोबार अत्यधिक बढेको बताए। जिल्लामै सबैभन्दा बढी रेमिन्टेन्सको कारोबार गर्ने गरेका कसौधनले अन्य दिनहरुको तुलनामा अहिले धान्नै नसकिने भीड बढेको जानकारी दिए।

जिल्लाभरमा अहिले दैनिक  ४ देखि ५ करोडसम्म रेमिट्यान्सको कारोवार भएको कसौधनको दाबी छ। अन्य समयमा आफ्नो संस्थामा २० देखि ३० लाख हुने गरेकोमा एक सातायता दैनिक ८० लाख सम्मको रेमिट्यान्सको भुक्तानी हुने गरेको छ।

तर गत यस वर्ष कोरोनाका कारण रेमिट्यान्समा ४० प्रतिशतले गिरावट आएको कसौधनले बताए। वैदेशिक रोजगारीमा रहेकोहरुले कम्पनीमा ओभर टाइम गर्न पाएका छैनन्। यस्तै नेपाल फर्केकाहरु पुनः जान पाएका छैनन् भने विदेशमा रहेकाहरु धेरै फर्केका छन्। यस्ले गर्दा रेमिट्यान्सको कारोबारमा प्रभाव परेका कसौधन बताउँछन्।

बुद्धभूमी २ गोरुसिंगेस्थित कस्मिक रेमिट्यान्स सेवाले दैनिक ३० लाखको कारोबार भइरहेको जनाएको छ। संस्थाका अनुसार  जिल्लामा गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशतले घटेको छ। वैदेशिक रोजगारका लागि कपिलवस्तुबाट खासगरी कतार, मलेसिया, साउदी अरब, दुबई, ईजरायल लगायतका देश गएकाहरुले रेमिट्यान्स रकम पठाउने गरेका छन्।

प्रकाशित: २१ आश्विन २०७८ ०७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App