३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

भारतको सहयोगमा ५० हजार निजी आवास बने

भारत सरकारको आर्थिक सहयोगमा भूकम्पले क्षतिग्रस्त ५० हजार घर पुनर्निर्माण भएका छन्। गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी घरको पुनर्निर्माण सम्पन्न भएको हो।

नेपालस्थित भारतीय दूतावासले विहीबार प्रेस विज्ञप्ति जारी गरेर भूकम्पपछिको पुनर्निर्माण सफलतापूर्वक भएको बताएको छ। भूकम्पपछिको पुनर्निर्माण परियोजनासम्बन्धी संयुक्त परियोजना अनुगमन समिति (जेपिएमसी) को बैठकले भारतको आर्थिक सहयोगमा निर्माणाधीन निजी आवासले अपेक्षाकृत उपलब्धि हात पारेको जनाएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारी र भारतीय विदेश मन्त्रालय (उत्तरी महाशाखा) का सहसचिव अनुराग श्रीवास्तवको नेतृत्वमा समीक्षा कार्यक्रम भएको थियो। नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको प्रगतिको समीक्षा गर्न सन् २०१७ अगस्टमा संयुक्त परियोजना अनुगमन समिति (जेपिएमसी) संयन्त्र स्थापना भएको थियो।

सो बैठकमा दुवै पक्षले शिक्षा, सांस्कृतिक सम्पदा र स्वास्थ्यको क्षेत्रमा अघि बढिरहेका पुनर्निर्माण परियोजनाहरूको उपलब्धि उत्साहजनक भएको जनाएको छ।  

प्रकाशित: १५ आश्विन २०७८ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App