१५ चैत्र २०८० बिहीबार
अर्थ

वृज सिमेन्टद्वारा सहयोग

वृज सिमेन्टले एक्सपर्ट मेसन क्लबमा आबद्ध सदस्यको परिवारलाई ५ लाख रूपैयाँ सहयोग गरेको छ। क्लबमा आबद्ध सदस्यलाई घरले च्यापिएर मृत्यु भएपछि उसको परिवारलाई कम्पनीले आर्थिक सहयोग गरेको हो।  

यही जेठ ८ गते क्लबका सदस्य प्युठान नौबहिनी गाउँपालिका–१ स्याउली वाङका ३९ वर्षीय बोमबहादुर मल्ल, उनकी पत्नी र छोरा गरी तीन जनाको घटनास्थलमै मुत्यु भएको थियो। सोही परिवारलाई वृज सिमेन्टले पाँच लाख रूपैयाँ बिमाबापतको रकम हस्तान्तरण गरेको हो। कम्पनीका एरिया सेल्स म्यानेजर नारायण जिसीले मृतककी छोरी कुमारी मल्ललाई ५ लाख रूपैयाँको चेक हस्तान्तरण गरेका छन्।

देशका विभिन्न स्थानमा एक्सपर्ट मिट कार्यक्रम गर्दै निर्माणकर्मीलाई एक्सपर्ट मेसनक्लबमा आबद्ध गरेर बिमासहित थप सुविधा प्रदान गर्दै आएको कम्पनीका सेल्स म्यानेजर नुमेन्द्र पौडेलले बताए।

प्रकाशित: ३ आश्विन २०७८ ०५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App