२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिन्धुलीका ग्रामीण सडक अवरुद्ध

वर्षाले जिल्ला सदरमुकाम सिन्धुलीमाढी जोड्ने ग्रामीण सडक सबै अवरुद्ध बनेका छन्। जिल्लामा स्थानीय तहका वडा कार्यालयहरूलार्ई जोड्ने ग्रामीण सडकहरू वर्षाले भत्किँदा यात्रुहरू कष्टकर यात्रा गर्न बाध्य छन्।

ग्रामीण सडकमा ठाँउठाँउमा पहिरो खसेको छ।कतै सडकको निसाना नै नरहने गरी भत्किएपछि जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्।अविरल वर्षाले जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट तीनपाटन गाँउपालिकाको केन्द्र जाने चकमके सडक, गोलन्जोर गाँउपालिकाको खनियाखर्क–कमारेभन्ज्याङ सडक, बिपी राजमार्गको सोलाभन्ज्याङ–नागी मझुवा सडक, बिपी  

राजमार्गकै पिपलभन्ज्याङबाट घ्यालेख गाँउपालिका जोड्ने सडक भत्किएर यात्रा कष्टकर भएको स्थानीय बताउँछन्।

वाग्मती प्रदेश सरकारको ३५ लाख रूपैयाँमा स्तरोन्नति हुँदै गरेको सिन्धुलीमाढी–चकमके सडक अन्तर्गत सदरमुकामको माझीटारदेखि जिर्घाखोलासम्म १२ किलोमिटर निकै कष्टकर छ।

स्थानीय शिक्षक जनार्दन कोइरालाका अनुसार ‘माझीटारदेखि जिर्घासम्मको सडक ठाउँठाउँमा पहिरो खस्नुका साथै हिलाम्मे छ।यस्तै, बिपी राजमार्गको सोलाभन्ज्याङ, नागी मझुवा सडक खण्डमा पनि ठाउँठाउँमा पहिरो खसेको छ।स्तरोन्नतिकै काम भइरहेको यस सडक खण्डका विभिन्न स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध भएपछि समस्या भएको स्थानिय नवराज गोलले बताए।‘जोखिम छ, धेरै ठाउँमा पहिरो खसेको छ,’ उनले भने, ‘जेनतेन गाडी छिर्ने बनाएका छौं, धेरै जोखिम छ।’ 

त्यसैगरी, बिपी राजमार्गकै खनियाखर्कदेखि कमारेभन्ज्याङ जोड्ने ग्रामीण सडकको अवस्था पनि उस्तै रहेको स्थानीयको गुनासो छ।गोलन्जोर गाँउपालिका–५ हिर्दिङका विवश थापाका अनुसार उक्त सडक अन्तर्गत पनि वाग्मती प्रदेश सरकारको सहयोगमा गत वर्षदेखि चार किलोमिटर कालोपत्रे सुरु भई डेढ किलोमिटर काम सकिएको थियो।तर गुणस्तरहीन काम भएकाले धेरैजसो पिच भत्किएको उनले बताए।ग्रामीण सडक वर्षाले भत्किएसँगै दैनिक ग्रामीण सडकमा सञ्चालन हुँदै आएका यातायातलाई निकै कठिनाई भएको यातायात व्यवसायीको गुनासो छ।

प्रकाशित: २४ श्रावण २०७८ ०२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App